काठमाडौं:
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश मध्यावधितिर जान संक्ने संकेत गरेका छन्।
एमाले प्यूठान-काठमाडौं सम्पर्क मञ्चले पार्टी कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा ओलीले सरकार गठनमा देखिएको अल्झनले यो संकेत गरेको बताए।
अध्यक्ष ओलीले भने, ‘सरकार गठनमा यस्तो अवस्था भई रह्यो भने, दलगत र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देशका लागि नसोच्ने हो भने देश घुमिफिरी मध्यावधितिर पनि जान सक्छ।’
ओलीले एमाले बाहेकका दललाई देशको अवस्थाका बारेमा नभई सरकार गठनको कर्मकाण्डमा के पद खान पाउँछु भन्ने मात्रै चिन्ता रहेको आरोप लगाए।
स्थिरता, स्थायित्व, देशको अवस्थामा सुधार, समाजलाई अनुशासनमा फर्काउने चाहना र राष्ट्रियताका सवालमा एमालेको धारणामा सहमत हुने दललाई समर्थन र सहकार्य हुनसक्ने ओलीको भनाइ छ।