देउवालाई प्रधानमन्त्री बनाउन माधव नेपाल पक्षका ३० सांसदले गरे हस्ताक्षर

काठमाडौँ । प्रधानमन्त्रीमा नेपाली कँँग्रेसका सभापति शेर बहादुर देउवालाई नियुक्त गर्न माग गर्र्दै एमालेको माधव कुमार नेपाल पक्षका ३० सांसदले सर्वाेच्चमा पेश गरिने रिटहा हस्ताक्षर गरेका छन् ।

काँग्रेस माओवादी, एमालेको नेपाल समूह, जसपाको उपेन्द्र समूह र जनमोर्चा गरी ५ दलीय गठबन्धनको तर्फबाट सर्वाेच्चमा दर्ता गर्न लागिएको रिटमा एमालेका ३० जना सांसदले हस्ताक्षर गरेका हुन् । यसअघि शुक्रवार २६ जनाले मात्र हस्ताक्षर गरेका थिए ।

संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै माधव नेपाल पक्षका ३० सांसदले हस्ताक्षर गरेका हुन् ।

सांसद निरादेवि जैरूको अनुसार सबै सांसद सिंहदरबारमा भेला भएर हस्ताक्षर सँगै नागरिकता र औठाछाप समेत बुझाएका छन् ।

हिजो २१ सांसदले हस्ताक्षर गरेकोमा आज थप ९ सांसदले हस्ताक्षर गरेसँगै सांसदको संख्या ३० पुगेको उहाँको भनाई छ ।

हस्ताक्षर गर्ने सांसदहरुमा विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, निरादेवि जैरू, सरला यादव, कल्याणी खड्का, लक्ष्मी चौधरी, माधव नेपाल, भीम रावल, कलिला खातुन, रामकुमारी झाँक्री, झलनाथ खनाल, पुष्पा कर्ण कायस्थ, भवानी प्रसाद खापुङ, यज्ञ सुनुवार, पवित्रा निरौला, मुकुन्द न्यौपाने लगायत ३० जना रहेका छन् । 

आज हस्ताक्षर गर्नेमा मेटमणि चौधरी, दिपक प्रकाश भट्ट, नारायण खतिवडालगायत रहेका छन् ।

अहिले माधव नेपाल पनि सिंहदरबारमा पुगेका छन् भने विपक्षी गठबन्धनका अरु सांसद र शीर्ष नेताहरु पनि सिंहदरबारमा रहेका छन् । 

विपक्षी गठबन्धनका नेताहरुले काँग्रेस सभापति देउवालाई सर्वोच्च अदालतबाटै प्रधानमन्त्री नियुक्तिका लागि परमादेश जारी हुनुपर्ने माग गरेका छन् । सर्वोच्च अदालतमै बहुमत प्रस्तुत गरेर देउवालाई प्रधानमन्त्री बनाउने मागसहितको रिट विपक्षी गठबन्धनले तयार पारेका छन् । रिट आजै दायर हुनेछ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार मध्यरातमा संसद विघटन गरेपछि विपक्षी गठबन्धनले १४९ जना सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट दिन लागेको हो ।

रिटमा धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षरसहित गरेको दावी वैधानिक रहेको दावी गरिएको छ ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !