गुल्मीमा घट्दै कोरोना संक्रमण

गुल्मी । जिल्लामा दैनिक रुपमा हुने कोरोनाभाइरस संक्रमण घट्दै गइरहेको छ । सोमबार पनि संक्रमित भन्दा निको हुनेको संख्या करिब दोब्बर देखिएको छ ।

२२१ नमुना परीक्षण गर्दा जिल्लामा ७७ जना नयाँ संक्रमित थपिएका हुन् । यस्तै यस अवधिमा निको भएर डिस्चार्ज हुनेको संख्या ११५ जना रहेको छ भने मृत्यु २ जनाको भएको छ ।

हालसम्म जिल्लामा सक्रिय संक्रमित ९३० जना रहेका छन । जिल्लामा कोभिड महामारी व्यापक रुपमा फैलन थालेसँगै जिल्लाव्यापी लकडाउन गरिएको छ ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !