सुदूरपश्चिम प्रदेशमा माधव समूहका नेताहरुवीच नै झगडा

काठमाडौँ । नेकपा एमालेको माधव कुमार नेपाल पक्षको बहुमत रहेको सुदूरपश्चिम प्रदेश सभाको संसदीय दलको बैठकबारे नेपालपक्षका सांसदवीच विवाद भएको छ । मतभेद भएपछि मंगलबार बस्ने भनिएको दलका बैठक स्थगित स्थगित गरिएको हो । बुधबार बिहान साढे ८ बजे दलको बैठक बोलाइएको एमाले प्रमुख सचेतक तारालामा तामाङले बताए । उनले बैठकमा एमालेका सबै सदस्यहरूलाई खबर गरिएको जानकारी दिए ।मंगलबार बोलाइएको बैठकमा ओली पक्षलाई भने खबर गरिएको थिए । बुधबार बिहानको बैठकमा आफूहरूलाई पनि खबर आएको ओली पक्षका सांसदहरूले बताएका छन् ।

भोलि बिहान बैठक बोलाइएको खबर आएको ओली पक्षका सांसद तथा एमाले कैलालीका अध्यक्ष रतन थापाले बताए ।सोमबार एमालेको स्थायी कमिटीको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । एमालेबाट मन्त्री भएकाहरूलाई २४ घण्टाभित्र फिर्ता हुन निर्देशन जारी गरिएको छ ।भीम रावलनिकट भएका कारण दलको नेता अहिलेकै सरकारलाई समर्थन दिने मनसायमा रहेको नेपाल समूहकै केही नेताहरू बताउँछन् । तर, केही नेपाल पक्षकै सांसदहरू भने केन्द्रको निर्देशन पालना गर्नुपर्नेमा छन् ।समसामायिक विषयमा छलफल गर्ने भनेर सांसदहरुलाई बोलाइएको छ ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !