गायक रामकृष्णले जुटाए १८ लाख रुपैयाँ सहयोग

सांगीतिक कार्यक्रमका लागि अमेरिका पुगेका रामकृष्ण ढकालले १८ लाख रुपैयाँ सहयोग जुटाएर महावीर पुनको राष्ट्रिय अविष्कार केन्द्रको नाममा रहेको हिमालय बैंकको खातामा जम्मा गरिदिएका छन्। उनले त्यहाँ रहेका नेपाली तथा नेपाली भाषी भुटानीहरुसँग अपिल गरेर उक्त रुपैयाँ सहयोग जुटाएका हुन् । नेपालमा विषम परिस्थिति हुँदा अमेरिकामै रोकिएपनि केही सहयोग पुर्याउन सकिन्छ कि भनेर उनले केही दिनदेखि अमेरिकामा रहेका स्रोता एवं दर्शकमाझ सहयोगको आब्हान गरेका थिए ।

जो जहाँ रहेपनि दुःखको घडीमा नेपाली भनेको पीडामा मल्हम लगाउने उच्च मानवीय मूल्य भएको जाति हो भन्ने परिचय दिन पनि रामकृष्णले सबैमा अनुरोध गरेका छन् । साथै उनले सहयोग गर्ने व्यक्तिहरुको नाम र सहयोग रकम समेत सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !