अमेरिका हिडेका रुकुमका शाहीको पानामाको जंगलमा मृ’त्यु

काठमाडौं ।

अ’बै’ध तरिकाले दलालमार्फत अमेरिका जान हिँडेका एकजना नेपाली युवकको पानामाको जंगलमा मृ’त्यु’ भएको छ ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका– १० घर भएका २० वर्षीय मदन शाहीको पानामाको जंगलमा मंसिर २५ गते मृ’त्यु’ भएको आफन्तले जनाएका छन् ।

पानामामा खोला तर्ने क्रममा शाहीको बगेर मृ’त्यु’ भएको थियो ।खोला तर्नका लागि राखिएको डोरी चुडिँदा खोलामा बगेर शाहीको ‘मृ’त्यु’ भएको आफन्तले जनाएका छन् ।

शाही दलालमार्फत अबैध बाटो हुँदै अमेरिकाका लािग फागुन १८ गते नेपालबाट निस्किएका थिए ।पानामाको जंगलमा मृ’त्यु’ भएका शाहीले दलाललाई करिब ४० लाख दिइसकेका छन् । शाहीको शव नेपाल ल्याउन पहल भइरहेको छ ।

यसअघि पनि अ’वै’ध’ तरिकाले अमेरिका जाने क्रममा रुकुमका ३ जनाको मृ’त्यु’ भइसकेको छ । मुसिकोट नगरपालिका– ५ का ४१ वर्षीय रमेश गौतम र बाँफीकोट गाउँपालिकाका २६ वर्षीय प्रदीप खत्रीको कात्तिक २५ गते मृ’त्यु’ भएको थियो ।

बाँफीकोट गाउँपालिकाका रूपक बोहराको पनि बाटोमा मृ’त्यु’ भएको थियो ।

यसैबीच, मा’न’व त’स्कर गरेको अभियोगमा दाङको लमहली नगरपालिका– ६ का ४७ वर्षीय दिनेशकुमार चौधरी र सिन्धुपाल्चोक चौतारा नगरपालिका– १० का २३ वर्षीय रुपेश ढकाल प’क्रा’उ परेका छन् ।

उनीहरूलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । उनीहरूले रसिया हुँदै युक्रेनमा मानव तस्करी गर्दै आएको आरोप छ । जिल्ला अदालत काठमाडौंको आदेशपछि उनीहरूलाई सुन्धारा जगन्नाथ देवलस्थित केन्द्रीय का’रा’गा’र पठाइएको छ ।

प्रहरीका अनुसार उनीहरूले युरोपियन मुलुक चेक रिपब्लिकमा सिपगार्डको काम लगाइदिने प्रलोभनमा पीडितसँग ठूलो रकम उठाएका छन् ।पीडितलाई उनीहरूले भारतको नयाँदिल्ली हुँदै पहाडगन्ज लगेर अलपत्र छाडेका थिए ।

विदेश नजाने मनस्थितिमा पीडित नेपाल फर्केका थिए । बुझाएको रकम माग गरेपछि उनीहरूले पीडितलाई पोर्चुगल जान दबाब दिएका थिए ।

पीडितलाई उनीहरूले रसिया पुर्‍याएर अलपत्र पारेका थिए । रसियन प्रशासनले पक्राउ गर्दा पीडितले प्रयोग गरेको पासपोर्टसमेत नक्कली रहेको पाइएपछि नेपाल फर्काइदिएको थियो ।

प्रहरीका अनुसार पीडितलाई उनीहरूले जबर्जस्ती युक्रेन लैजान खोजेका थिए । रसियन प्रशासनले नेपाल फर्काइदिएपछि मात्रै उनीहरू असफल भएका थिए ।

नेपाल फर्केका पीडितले जाहेरी दिएपछि मानव बेचबिखन अनुसन्धान ब्युरोले चौधरी र ढकाललाई मंसिर १५ र १६ गते पक्राउ गरेको थियो ।बुधबारको थुनछेक बहसपछि उनीहरूलाई अदालतले पुर्पक्षका लागि कारागार चालन गर्ने आदेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार