प्रचण्डको घोषणा: मेरो बाँकी जीवन सुशासन र विकासमा समर्पित

काठमाडौं ।

सार्वजनिक कार्यक्रममा लम्बेतान भाषण गर्ने कम्युनिस्ट नेताहरू र आफ्नै समेत विगतलाई सच्याउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब भाषण कम,जनताको सेवा धेरै गर्ने प्रण गरेको बताएका छन् ।

चितवनको नारायणी नमूना माध्यमिक विद्यालयको हिरक महोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो बाँकी जीवन सुशासन र विकासको निम्ति समर्पित गरेको समेत बताए ।

करीव ४ मिनेटको भाषणमा उनले भने- मैले यो पटक हरेक दिन देशको पक्षमा,जनताको पक्षमा,सुशासन र विकासको पक्षमा काम गर्दै जाने र नेपाल र नेपाली जनताको आवश्यकतालाई सम्बोधन गर्दै जाने प्रतिबद्धता लिएको छ ।

तपाई चितवनबासीलाई थाहा छ,मैले बाँकी जीवन सुशासन र विकासको निम्ति समर्पित गर्ने भनेको छु । म यो कार्यकालमा धेरै भाषण गर्ने पक्षमा छैन । प्रधानमन्त्रीले जनतालाई पिरमर्कामा पार्ने कुनै पनि निर्णयमा कठोर कदम चाल्ने समेत बताए ।

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार