झापा
बिर्तामोड– १ अतिथि सदन रोड घर भएका ३९ वर्षीय निराकार पाण्डे थाइल्यान्डको सीमा नजिक कम्बोडियाको पोइपोटस्थितग्रान्ड डायमन्ड सिटी होटलबाट उक्त भिडियो सन्देश पठाएका थिए छोराको लागि।
यो सन्देश नै उनको परिवारका लागि अन्तिम सन्देशबन्न पुग्यो। उनी बसेको होटल र त्यहाँ रहेको क्यासिनोमा आगलागी हुँदा उनी १२औं तलामा फसेका थिए।
उद्धार नभएपछि र कुनै उपाय नभएपछि कोठाको झ्यालमा बसेर भिडियो सन्देश पठाएर उनी त्यहाँबाट बच्न सकिन्छ कि भनेर हा’ म्फालेको बताइएको छ। त्यसै क्रममा उनको निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। विपिन बास बसेको ग्रान्डडायमन्ड सिटी होटलमा बुधबार राति अचानक चारैतिरबाट आगोले घेरेपछि उनी हा’ म्फालेका थिए।
पर्यटक भिसामा कम्बोडिया पुगेका उनले त्यतिबेला सो देशको वातावरण राम्रो रहेको भन्दै आफूलाई लोभ्याएको निकटस्थलाई बताएकाथिए । भिसा अवधि एक महिनामात्रै भएकाले उनी त्यतिबेला बसाइ छोट्याउँदै नेपाल फर्किए । तिहारपछि फेरि उनी दोस्रो पटकथाइल्याण्ड हुँदै कम्बोडिया पुगे ।
तर, बिडम्बना दोस्रो पटकको उनको कम्बोडिया यात्रा हृदयविदारक घटनाको रुपमा टुंगिएको छ । बिहीबार राति कम्बोडियोकोक्यासिनोमा उनी एक साथी सँगै पुगेका थिए । थाइल्याण्डको सीमा नजिकै पर्ने पोइपेट सहरस्थित ग्राण्ड डायमण्ड सिटी होटल रक्यासिनोमा भएको भीषण आगलागीका क्रममा उनको दुःखद निधन भएको हो ।
एकाएक बिहीबार राति आफू आपतमा परेको भन्दै पाण्डेको भ्वाइस मेसेज पाएको बताउँदै उनले भने, ‘घटना भएको बिहीबार राति उहाँलेतीन बजे भ्वाइस मेसेज पठाउनु भएको रहेछ । यस्तै बिहान पाँच बजेर ५० मिनेटमा फेरि रिपिट पठाउनु भएको रहेछ’, उनले भने, ‘रातिइन्टरनेट बन्द गरेर सुतेकाले ढिलामात्रै खबर पाएँ ।’
उठेर मोबाइल चेक गर्दा निराकारको मेसेज देखेको र सोधखोज गर्दा दुःखद घटना भइसकेको खबर पाएको उनले बताए । ‘मलाई जस्तैमेसेज उहाँले अन्य साथीहरु र घरमा पनि गर्नु भएको रहेछ’, विस्मयका साथ खड्काले भने, ‘दशौँ तलाबाट हामफालेर उहाँको दुःखदमृत्युको खबरले यहाँको नेपाली समूदाय स्तब्ध बनेको छ ।’
पाण्डेको शव अहिले स्थानीय बौद्ध गुम्बाको आइसमा बक्समा राखिएको छ । घटनालगत्तै नेपाली दूतावास थाइल्याण्डबाट प्रथम सचिवखगराज पाण्डेको टोली पनि पेइपेट पुगेको खड्काले जानकारी दिए । उनले शव नेपाल पठाउनका लागि एनआरएनएसहित दूतावासलेआवश्यक पहल गरिरहेको र छिट्टै सबैको समन्वयमा पठाइने बताए ।
क्ष’ त्विक्षत अवस्थामा उनको श’ व पहिचान भएको बताइएको हो। विभिन्न देशका चार सयभन्दा बढी नागरिक आगलागीमा फसेकाथिए। थाइल्यान्डका धेरै नागरिक उक्त होटल र क्यासिनोमा काम गर्थे। आगलागीमा फसेकाहरूको लामो समयसम्म उद्धार हुन नसक्दापाण्डेसहित धेरैले ज्यान गुमाए।
गैरआवासीय नेपाली संघ कम्बोडियाका अध्यक्ष लाल खड्काका अनुसार उक्त आगलागीमा शुक्रबार अपराह्नसम्म २६ जनाको मृ’ त्युभएको छ भने ७३ जना गम्भीर घाइते भएका छन्। होटल र क्यासिनोमा भएको आगलागीमा हा’ म्फालेर केहीको ज्यान गएको छ।कतिपयको खुट्टा भाँ’ चिएको छ। आगो निभाउन ११ वटा दमकल प्रयोग गरिएको थियो।