झापा
बिर्तामोड– १ अतिथि सदन रोड घर भएका ३९ वर्षीय निराकार पाण्डे को। उनले थाइल्यान्डको सीमा नजिक कम्बोडियाकोपोइपोटस्थित ग्रान्ड डायमन्ड सिटी होटलबाट उक्त भिडियो सन्देश पठाएका थिए छोराको लागि।
यो सन्देश नै उनको परिवारका लागिअन्तिम सन्देश बन्न पुग्यो। उनी बसेको होटल र त्यहाँ रहेको क्यासिनोमा आगलागी हुँदा उनी १२औं तलामा फसेका थिए।
निराकार पाण्डे ‘विपिन’ ले विदेशी भूमिमा गरेको बा’ध्यात्मक र कठोर मृ’त्युवरणले अहिले उनको घरपरिवारलाई मात्र नभएर यतिबेलासबैलाई वि’क्षिप्त बनाएको छ ।
भ’यानक आग’लागी भइरहेको कम्बोडियाको एक क्यासिनोभित्र फसेका उनले अब नबाँ’च्ने ठानेरक्यासिनोको १२ तला माथिबाट हाम’फालेर मृ’त्युवरण गर्नुअघि घरपरिवारलाई दिएको मृ’त्युको सन्देश सुनेर भावुक र मर्माहत नहुनेसायदै कोही होला ।
मृ’त्यु मानिसको बसभन्दा बाहिर हुन्छ । बुताभन्दा बाहिरको परिस्थितिमा मुस्कुराउँदै वा सुस्केरा हाल्दै मृ’त्यु स्वीकार गर्न विवश हुन्छ ।त्यही विवशता बिर्तामोड नगरपालिका वडा नं १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डेका माइला छोरा निराकार स्वीकार्न बा’ध्य बने । र त, उनले क्यासिनोको त्यति माथिबाट हा’मफालेर मृ’त्युलाई आत्मसात गरे ।
क्यासिनोमा आ’गलागी हुनेबित्तिकै बुधवार राति साढे ११ बजे उनले घरपरिवारलाई खबर गरेका थिए । आ’गो द’न्किरहेको थियो , बाध्या’त्मक मृ’त्युवरण गर्न विवश उनी आफ्ना बुवा अग्निप्रसाद पाण्डे , आमा लीलादेवी पाण्डे , श्रीमती शशीकला लोहनी , छोराआर्मनसहित परिवारका प्रायः सबै सदस्यहरुलाई आफ्नो मृ’त्युको सन्देश सुनाइरहेका थिए । राति साढे ११ बजेदेखि बिहान ४ बजेसम्मदाजु निराकारले आफूबाहेक परिवारका सबै सदस्यसंग कुराकानी गरेको भाइ निश्चल पाण्डेले बताए ।
जीवन बचाउन संघ’र्ष गरिरहेका निराकारले क्यासिनोको १२ तलाको एउटा कोठाको बाहिरपट्टीको झ्यालमा बसेर घरमा भिडियो कलगरिरहेको उनको परिवारजनले कल्पना समेत गरेका थिएनन् ।
होटलको सातौं तलाबाट आगलागी सुरु भएको थियो। आगो फैलिरहेको रबाहिर निस्कन सक्ने अवस्था नरहेको जनाउँदै पाण्डेले समयमा उद्धार नभए मृत्युको सामना गर्नुको विकल्प नहुने बताएका थिए।
पाण्डेले अब आफू मृत्युको मुखमा पुगेको र बाँच्न मुस्किल भएको बताउँदै काठमाडौंमा रहेकी श्रीमती शशिकला र दाजु निरजलाई सुरुमाफोन गरेका थिए। घटनापछि पाण्डेको शवलाई नेपाल ल्याउने भन्ने विषयमा पहल भइरहेको छ। एमाले नेता अग्नि खरेलले छोराको शवनेपाल ल्याउन पहल गरेको र मंगलबारसम्म नेपाल आइपुग्ने मृतकका बाबु पाण्डेले बताए। उनका अनुसार थाइल्यान्डस्थित नेपालीदूतावासले पाण्डेको शव बुझेको छ।