रविलाई मर्यादा र औकातमा बस्न प्रचण्डको चेतावनी

काठमाडौं ।

जनताको सेवा गर्ने बहानामा उप–प्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले आतंक मच्चाउन थालेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्झाएका छन् ।

शनिबार बालुवाटारमा बोलाएर दाहालले लामिछानेलाई आफ्नो दायराभित्र रहेर काम गर्न निर्देशन दिएको उच्च स्रोतले जनाएको छ । लामिछानेलाई गृह मन्त्रीको पदीय दायित्व र आचारणका बारेमा प्रधानमन्त्री दाहालाई स्मरण गराएका छन् । दाहाल र लामिछानेबीच भएको सम्वादको औपचारिक कुरा बाहिर आएको छैन ।

तर, लामिछानेले पछिल्लो समयमा प्रधानमन्त्री दाहालसँग कुनै पनि परामर्शहरू नगरेर गृह मन्त्रालयभित्र बबण्डर मच्चाएको आरोप लागेका बेला बिहानै बोलाएर सम्झाएका हुन् । यसैबीच, दाहाल र लामिछनेका बीच सरकारको नीति तथा कार्यक्रम र आगामी रणनीतिबारे पनि छलफल भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेले दाहालसँग शक्ति बाँडफाँड र मन्त्रालय बाँडफाँडको बारेमा पनि छलफल गरेका छन् । लामिछानेले स्वास्थ्य, श्रम र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मागेका छन् । लामिछानेले उप–सभामुख पद पनि मागेका छन् ।

लामिछानेले सरकार ढाल्ने चेतावनी दिएपछि यसअघि नै प्रधानमन्त्री दाहालले लामिछानेलाई उप–प्रधानसहित गृह मन्त्रालयको जिम्मेवारी दिइसकेका छन् ।

लामिछानेले आफ्नो औकात र हैसियतभन्दा धेरै माग गरेको भनेर आलोचना भइरहेका छन् । एमालेलाई समेत लामिछानेले औकातमा ल्याइदिएका छन् । लामिछानले सरकारमा एक्लै बबण्डर मच्चाइरहेका छन् ।

नेपाल प्रहरीभित्र पनि लामिछानेले आतंक मच्चाएका छन् । लामिछानेको चेतावनीपछि प्रहरीभित्र खैलाबैला भएको छ ।

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार