ट्रकले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृ’त्यु,

मकवानपुर

धरान–चतरा खडकखण्डअन्तर्गत पर्ने मकवानपुरको बकैया गाउँपालिका–५ स्थित आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

हेटौँडाबाट फापरबारीतर्फ जाँदै गरेको ना२२प ९९७७ नम्बरलाई मोटरसाइकल र सोही दिशातर्फ जाँदै गरेको ना७ख १३५२ नम्बरको सिमेन्ट लोड गरेको ट्रकले ठक्कर दिई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।

मृत्यु हुनेमा मोटरसाइकल चालक हेटौँडा उपमहानगरपालिका–१८ फुर्केचौर बस्ने ३० वर्षीय विक्रम भम्जन रहेका छन्। दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको हेटौँडा अस्पतलामा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक कार्की बताए।

यस्तै, सोही दुर्घटनामा परेर अन्य तीन जना गम्भीर घाइते भएका छन्। घाइते हुनेमा ट्रकमा सवार हाल नाम, थर, बतन नखुलेको अन्दाजी २५ वर्षीय एक पुरुष, ट्रक चालक बाराको निजगढ नगरपालिका–९ बस्ने अन्दाजी २५ वर्षीय सूर्यबहादुर घिमिरे र मोटरसाइकलमा सवार हेटौँडा– १८ फुर्केचौर बस्ने अन्दाजी ३५ वर्षीया हिरामाया लोप्चन रहेका छन्।

यो पनि: किन बढ्दै छ सवारी दुर्घटना ? मुलुकमा पछिल्लो समय सवारी दुर्घटनामा देखिएको बढोत्तरीले एक प्रकारको त्रासदी नै उत्पन्न गराएको छ । सडकयात्रा गर्नुअघि सकुशल गन्तव्यमा पुग्न पाइन्छ कि पाइन्न भन्ने सवाल हरेक यात्रीको मनमा पैदा हुने र ईश्वर पुकारेर हिँड्नुपर्ने परिस्थितिको सिर्जनाले सर्वसाधारणदेखि राज्यका सरोकारवाला निकायसम्मलाई झकझक्याएको छ ।

प्रत्येक चार वर्षमा सडक दुर्घटनाबाट ज्यान गुमाउने तथा अङ्गभङ्ग हुनेको सङ्ख्या कथित दशवर्षे जनयुद्ध र महाभूकम्पको भन्दा बढ्ता रहेको तथ्याङ्कले पनि नेपालमा सवारी दुर्घटना कति भयाभह बन्न पुगेको रहेछ भन्ने बुझ्न सघाउँछ ।

हाम्रो परिवेशका आधारमा सडक दुर्घटनाका कारण औँल्याउनुपर्दा सडकको दूरावस्था, गुणस्तरहीन सवारीसाधन, स्तरीय सवारीचालकको अभाव, सवारी नियमपालनामा चरम लापरबाही, कानुन कार्यान्वयन गराउने निकायको फितलोपन, यात्रुको न्यून चेतनास्तर नै प्रमुख देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार