काठमाडौं ।
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अहिले बनेको नयाँ गठबन्धन खिचडी भएको टिप्पणी गरेका छन् ।
पार्टीको केन्द्रीय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै खनालले यस्तो टिप्पणी गरेका हुन् । ‘नयाँ बनेको गठबन्धन खिचडी जस्तो छ’, उनले भने, ‘कम्युनिष्टले नेतृत्व गरेको छ र खुट्टा भने अब क-कसको देखिएकै छ ।’
त्यस्तै, उनले आफूहरु बामपन्थी एकताका लागि सदैव तयार रहेको पनि बताएका छन् । उनले विचार नमिल्नेसँग अहिले तत्कालै कसैसँग पनि एकता नगर्ने स्पष्ट पारे ।
‘अब बामपन्थी एकताको कुरा छ । हाम्रो पार्टी पहिलैदेखि बामपन्थी एकताको पक्षमा छ । तर अब बामपन्थी एकता टाउको जोडेर हुने कुरा होइन । त्यो नीतिनिष्ठ एकता हो । त्यो निष्ठाको एकता हो ।
कार्यगत एकता गर्न जोसुकै बामपन्थीहरुसँग तयारै छौं । बामपन्थी एकता एउटा सपना जस्तो भएको छ ।
तर पनि हामी बाम एकताकै पक्षमा छौं’, खनालले भने, ‘अहिलेका कुनै पनि कम्युनिष्टसँग हाम्रो विचार, सिद्धान्त नमिलीकन एकता गर्दैनौं ।’