नेकापा (एस) का उपमहासचिव तुलाधरको दावी ‘घनश्याम भुसाल नेकपा(एस) प्रवेशको तयारी गर्दै

काठमाडौं ।

नेकपा एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले वामदेव गौतम र घनश्याम भुसाललाई पार्टीमा जोड्ने प्रयास भइरहेको बताएका छन् ।

शनिबारबाट जारी स्थायी कमिटीको बैठकस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले एमाले छाडेर बसेको नेता घनश्याम भुसाललाई पार्टीमा ल्याउने पहल भइरहेको बताए ।

उनले भने, ‘घनश्यामजी हामीसँग जोडिनुहुन्छ कि जोडिनुहुन्न उहाँको कुरा हो । तर, हाम्रो र उहाँको तर्फबाट कोसिश भइरहेको छ ।’

उनले एमाले उपाध्यक्षबाट राजीनामा दिएर नेकपा एकता अभियान पार्टी दर्ता गरेर एकताको पहल थालिरहेका वामदेवलाई पनि पार्टीमा जोड्ने प्रयास भइरहेको बताए ।

उनले भने, ‘वामदेव गौतमलाई पनि जोड्ने प्रयास भइरहेको छ । तर, आउन गाह्रो मानिराख्नुभएको छ । अभियान पनि चलाइराख्नुभएको छ । पार्टी अफिसमा चाहिँ दुई पटक आइसक्नुभयो ।’

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार