काठमाडौं ।
नेकपा एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले पार्टीमा अधिकांश नेताहरूको धारणा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गर्नुपर्ने आएको बताएका छन् ।
शनिबारबाट सुरू स्थायी कमिटीको बैठकपछि उनले भने, ‘गठबन्धन, सरकार र पार्टी एकताको विषयमा छलफल भइरहेको छ । हामीले पार्टी पुनर्गठन महाअभियान थाल्ने तयारी गरेका छौँ । नेताहरूले आ-आफ्नो धारणा राखिराख्नुभएको छ ।’
प्रधानमन्त्रीले अनौपचारिक प्रस्ताव आएपछि औपचारिक रूपमा नआएसम्म जान नहुने निष्कर्ष आएको बताए । प्रचण्डले नेतृत्व गरेको खिचडी सरकार भएको बैठकको निष्कर्ष छ ।
उनले भने, ‘हामीले समर्थन नदिएपनि सरकार चल्छ । तर, हामी हिजो सँगै हिँडेका प्रचण्ड प्रधानमन्त्री भएकै कारणले समर्थन दिनुपर्छ भन्नुहुन्छ । सरकारमा जान हतार गर्न हुँदैन । तर, समर्थन गर्ने कुरा फरक हो ।’
पार्टी एकताको विषयमा एमालेको केही नेताहरूले मात्रै हल्ला चलाएको उनले दाबी गरे । एकताको लागि माओवादी र जसपाको नेताहरूसँग कुरा भइरहेको उनीहरूको भनाइ छ ।
उनले भने, ‘हामीले कुनै एकतको प्रयास गरेका छैनौँ । केही नेताहरूले भ्रम छर्न खोजेका छन् ।’
वृहत्तर वाम एकताको पहल गर्ने पक्षमा भएपनि कुनै एक पार्टीसँग एकता गर्ने भन्ने कुरानभएको बताए । उनले माधव नेपाललाई एमालेले अहिले नै राष्ट्रपति बनाउन प्रस्ताव गरेको भन्ने कुरा सत्य नभएको बताए ।
अहिलेसम्म ३० जना नेताहरूले आफ्नो धारणा राखिसकेको भन्दै उनले आजै बैठक सकिने बताए ।