एमालेलाई झलनाथको झटारो ‘सरकारमा प्रतिगमनकारी पनि छन्’

काठमाडौं ।

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले वर्तमान सत्ता गठबन्धनलाई खिचडीको संज्ञा दिएका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै खनालले अहिलेको गठबन्धनले ल्याएका नीति तथा कार्यक्रमपछि मात्रै आफ्नो पार्टीले सरकारमा जाने वा नजाने भन्नेबारे धारणा राख्ने बताए ।

उनले अहिलेको सरकार वामपन्थीहरूको नेतृत्व भएपनि खुट्टा अर्कैले टेकेको बताए । एमालेप्रति लक्षित गर्दै उनले सरकारमा प्रतिगमनकारी, पुनःउत्थानवादीहरू सामेल रहेको बताए ।

“यो नयाँ गठबन्धन आएको छ । यो यसो हेर्दा खिचडी जस्तो छ । वामपन्थीहरूको नेतृत्व छ तर तल खुट्टा टेकेको अर्कै खालका मान्छेहरू छन् । प्रतिगमनकारी, पुनःउत्थानवादी, केके हुन् त्यस्ता छन् । उसका के नीति, के कार्यक्रम हुन्छन् थाहा छैन । झ्याप्पै भनिहाल्नुपर्ने कुरा हुँदैन । उनीहरूले कार्यक्रम नल्याइकन पर्ख र हेरको अवस्थामा हुनेछौँ,” खनालले भने ।

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार