बालेन नै अचम्मित हुने शृखला खतिवडाले लेखिन लामो स्टाटस, के लेखिन त्यस्तो ?

काठमाडौ ।

काठमाडौ महानगरमा फुटपाथ व्यवसायीलाई लखेट्ने स्थानीय सरकारको अभियानको पूर्वमिस नेपाल शृंखला खतिवडाले विरोध गरेकी छन्। बालेन्द्र शाह मेयर बनेयता काठमाडौँ महानगरपालिकाले सार्वजनिक क्षेत्र खाली गर्ने अभियानै सञ्चालन गरिरहेको छ।

महानगरपालिकाले फुटपाथमा वर्षाैँदेखि व्यवसाय गरिरहेकाहरूलाई प्रहरी लगाएर हटाइरहेको छ। त्यससम्बन्धी एउटा भिडिओ नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो ट्विटरमा सेयर गर्दै विरोध गरेका छन्।

त्यसैमा कमेन्ट लेख्दै पूर्वमिस नेपाल खतिवडाले पनि बिनाविकल्प फुटपाथ व्यवसायीलाई विस्थापन गर्नु गलत भएको बताएकी हुन्।

के हामीलाई सहरको ‘सुन्दरता’ त्यति धेरै प्यारो भयो कि ठेलाको व्यापार पनि देख्न सकेनौँ? भोलि त्यै ठेला नआउँदा तरकारी कहाँ किन्छौँ’, पूर्वमिस नेपाल खतिवडाले भनेकी छन्, ‘अनौपचारिक क्षेत्रबिना अहिले नै सहर चल्न सक्दैन।

कि त ठाउँ दिनुपर्‍यो, यस्तो ज्यादतीले केही समाधान हुँदैन है।’ सबै मानिससँग भाडा तिरेर व्यापार गर्ने क्षमता हुन नसक्ने उनले उल्लेख गरेकी छन्।

पहिले निर्बाचन हुनुभन्दा अगाडी काठमाडौंका मेयर उम्मेदवारहरुका बारेमा खतिवडाले भनेकी थिईन- काठमाडौंको मेयर पदमा स्वतन्त्र उम्मेदवारका रुपमा रहेका बालेन कुनै राजनीतिक दलबाट नभएपनि युवा मतदाता र राजनीतिक पार्टीबाट वितृष्णा भएकाहरूमाथि प्रभाव जमाउन सक्ने संकेत गरेकी थिईन ।

उनका अनुसार बालेन टिम बनाउन र टिममा काम गर्नमा इच्छुक उम्मेदवार हुन् । बालेनले ‘राजनीतिमा युवा’ भन्ने संकेतलाई थप बलियो बनाएको उनको बुझाई रहेको थियो ।

बालेनलाई सजिलो रुपमा हेर्न नहुने उनले स्पष्ट पारेकी थिईन ।गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहको घोषणा पत्र शृङखलालाई राम्रो लागेको थियो ।

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार