नारायणी अस्पतालाई मनिषा कोइरालाको स्वास्थ्य सामाग्री सहयोग

अभिनेत्री मनिषा कोइरालाले वीरगञ्जको नारायणी अस्पतालका कोरोनाका संक्रमितहरुलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएकी छिन्। उनले ४ थान भेन्टिलेटर ,सय थान पीपीई, फेस सिल्ड र मास्क उपलब्ध गराएकी हुन्। यो महामारीको समयमा विभिन्न स्वास्थ्य सामाग्री उपलब्ध गराएको भन्दै अस्पताल प्रशासनले उनलाई धन्यवाद दिएको छ । नायिका मनिषा कोइरालाले कोरोनाबाट प्रभावित नेपालीहरुलाई सहयोग गर्न आफू सधै नै तत्पर रहेको बताएकी छिन।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !