काठमाडौँ
चर्चित ज्योतिष रुद्रनाथ अधिकारीलाई वन्यजन्तुको अखेटोपहरा कारोबारमा संलग्न रहेको अभियोगमा प्रहरीले प’क्राउ गरेको छ ।
काठमाडौं उपत्यका अ’पराध अनुसन्धान कार्यालयबाट खटिएकाे प्रहरी टोलीले उनलाई आइतबार काठमाडौंबाट प’क्राउ गरेको हो । उनीविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । सोही पत्रका आधारमा प्रहरीले उनलाई प’क्राउ गरेको हो ।
प’क्राउपछि उनलाई डिभिजन वन कार्यालय काठमाडौं पेस गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी कृष्ण कोइरालाले जानकारी दिए ।
‘दुर्लभ वन्यजन्तुको अखेटोपहरा कारोबारमा संलग्न भएको अभियोगमा रुद्रनाथ अधिकारी प’क्राउ परेका छन् । थप अनुसन्धानका लागि उनलाई डिभिजन वन कार्यालय पठाइएको छ । थप अनुसन्धान उतैबाट होला,’ एसपी कोइरालाले भने ।
डिभिजन वन कार्यालय काठमाडौंको अनुरोधपछि उनीविरुद्ध काठमाडौं जिल्ला अदालतले गत २७ कात्तिकमै पक्राउ पुर्जी जारी गरेको थियो । तर, उनी फरार रहँदै आएका थिए ।
प्रहरीले गत २१ कात्तिकमा ठमेलस्थित पद्मा संग्रौलाले सञ्चालन गरेको होटेल ‘हेल्लो हाउस’बाट दुर्लभ वन्यजन्तुको अखेटोपहरा बरामद गरेको थियो । घटनमा संलग्न भएको अभियोगमा प्रहरीले संग्राैलालाई त्यही दिन प’क्राउ गरेको थियो।
उनी अहिले प्रहरी हिरासतमा छन् । फसाउने नियतले अखेटोपहरा होटेलमा ल्याएर राखेको बयान पक्राउ संग्रौलाले दिएपछि अधिकारीविरुद्ध अदालतले प’क्राउ पुर्जी जारी गरेको हो ।
पक्राउ पुर्जी जारी भएलगत्तै वनले पक्राउ गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लगायतका प्रहरी कार्यालयलाई पत्राचार गरेको थियो ।
रुद्रनाथ चर्चित ज्योतिष हुन् । उनले विभिन्न टेलिभिजन तथा युट्युबमार्फत सर्वसाधारणको कर्म र भाग्य सम्बन्धमा भाविष्यवाणी गर्दै आएका छन् ।