तपाईंका कुनै पीरमर्का भए सिधै मलाई राख्नुस्: प्रचण्ड

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुनै सचिवहरूका पीरमर्का वा गुनासा भए सिधै आफूलाई सम्पर्क गर्न आग्रह गरेका छन् ।

मंगलबार सचिवहरूलाई ३० बुँदे निर्देशन दिने क्रममा प्रचण्डले कसैको डर, दबाब, प्रभाव वा मोलाहिजामा नपरी दिएको जिम्मेवारीलाई इमानदारी, निष्ठा तथा कुशलतापूर्वक निभाउन आग्रह गरेका हुन् ।

‘तपाईंका कुनै पीरमर्का वा गुनासा भए मलाई सिधै राख्न सक्नुहुनेछ। कसैको डर, दबाब, प्रभाव वा मोलाहिजामा नपरी दिएको जिम्मेवारीलाई इमानदारी, निष्ठा तथा कुशलतापूर्वक निभाउने विश्वास लिएको छु’, प्रचण्डले भने ।

उनले कमजोरी भए सच्याउँदै अघि बढ्नुपर्नेमा जोड दिँदै अरूलाई देखाएर पन्छिने कार्य नगर्न पनि कडा निर्देशन दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार