कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौँ

नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । पुस २५ मा बस्ने प्रतिनिधिसभाको बैठकअघि दुई दिनअघि कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।

कांग्रेस संसदीय दलका मुख्य सचेतक रेमश लेखकका अनुसार २३ पुसमा अपरान्ह १ः ०० बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बस्नेछ ।

पुस २२ का लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक भने ६ दिन पर सरेको छ । कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पुस २८९ गते दिउँसो १ बजे केन्द्रीय समिति बैठक बस्ने बताए ।

कांग्रेसले चुनावी समीक्षा, समासामयिक राजनीति र विविधि एजेण्डामाथि छलफल गर्न यसअघि पुस २२ का लागि बैठक बोलाएको थियो ।

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार