काठमाडौं ।
बाल अभिनेत्री रुहानिकाले १५ वर्षको सानै उमेरमा करोडौंको घर किनेकी छिन् । टिभी शो ‘ये है मोहब्बते’ मा रुहीको नामबाट चर्तित रुहानिकाले आफ्नो सामाजिक सञ्जाल खातामार्फत फ्यानहरुलाई यो खुसीको खबरबारे जानकारी गराएकी हुन् ।
रुहानिका विलासी घर किन्न पाउँदा निकै खुसी छिन् । १५ वर्षको उमेरमा आफूले कसरी घर बनाउन सफल भइन्, त्यसबारे पनि उनले उल्लेख गरेकी छिन् । आलिशान घरको मालिक बनेकी रुहानिकाले आफ्नो इन्स्टाग्राममा नयाँ भव्य घरको भित्री तस्विर साझा गरेकी छिन् ।
तस्विरमा रुहानिकाको सपनाको घर देख्न सकिन्छ । रुहानिकाको यो सफलतामा आफ्ना फ्यान र सह–कलाकारहरूलाई निकै गर्व लागेको बताइन् । सबैले रुहानिकालाई धेरै धेरै बधाई दिँदै जीवनमा उत्तरोत्तर प्रगतिको कामना पनि गरिरहेका छन् ।
आफ्ना फ्यानहरूसँग खुसी बाँड्दै रुहानिकाले आफ्नो सपना साकार गर्न पाउँदा निकै खुसी लागेको जानकारी गराइन् । रुहानिकाका लागि घर किन्नु कुनै सामान्य कुरा थिएन् । आमाकै कारण घर किन्न पाएको रुहानिकाले जानकारी गराइन् ।
आमाको कमाई जोगाएर दोब्बर बनाएर आमाकै कारणले नयाँ घर लिएको उनको भनाई छ । रुहानिकाले फ्यानहरुलाई यो आफ्ना लागि सुरुवात मात्र भएको बताइन् । उनी योभन्दा ठूला सपना देखिरहेकी छिन्, मेहनत गरेर पक्कै पनि आफ्नो सपना पूरा गर्ने मार्गमा छिन् ।