भीम रावलले एकीकृत समाजवादी निकट युवा नेताहरुसंग किन भेटे ? के कुराकानी भयो ?

काठमाडौँ ।

नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालको केन्द्रिय नेतृत्वको टोलीले एमालेका पूर्व र वर्तमान नेताहरूसँग दैनिकजसो भेट गरिरहेका छन्।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा टिकट नपाएपछि उनीहरुले नेकपा एमाले परित्याग गरेका नेता घनश्याम भुसाल र वामदेव गौतमलाई भेट गरेका थिए ।

आज पनि उनीहरुले एमाले अध्यक्ष केपी वलीसँग रुष्ट रहेका अर्का नेता भीम रावलसँग भेट गरेका छन् । युवा संघ नेपालका अध्यक्ष तथा प्रदेश सांसद नरेश शाही, नेकपा समाजवादीका केन्द्रीय सदस्य हस्त शाही लगायत संघका पदाधिकारीहरूले नेता रावलसँग छलफल गरेका हुन् ।

भेटमा उनीहरुले समग्र कम्युनिस्ट आन्दोलन, समसामयिक राजनीति अवस्थाका साथै विविध अवस्थाका बारेमा छलफल गरेको संघका महासचिव दीपक जिएमले जानकारी दिए।

विभिन्न पार्टीका नेता कार्यकर्तासँगको भेटघाटमा व्यस्त रहेका भुसाल, मौन रहेका गौतम र रुष्ट रहेका रावललाई पार्टीमा ल्याउन छलफलमा प्रयत्न गरिएको उपस्थित एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार