सुकेटार विमानस्थलको नाम रवीन्द्र अधिकारी राख्दा योगेश भट्टराई रिसाए

काठमाडौं । सरकारले शनिवार प्रस्तुत गरेको बजेट बक्तब्यमा ताप्लेजुङको सुकेटार विमानस्थलको नाम परिवर्तन गरेर रविन्द्र अधिकारी राख्ने निर्णय गरेपछि नेकपा एमालेका नेता योगेश भट्टराईलेले असन्तुष्टि जनाएका छन् ।

सरकारले आर्थिक वर्ष २०७८÷७९ को बजेटमार्फत् सुकेटार विमानस्थलको नाम रवीन्द्र अधिकारी विमानस्थल नाम राख्ने घोषणा गरेपछि भट्टराईले नामकरण प्रक्रियाप्रति असन्तुष्टि जनाएका हुन् ।

बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले सुकेटार विमानस्थललाई रवीन्द्र अधिकारी र तेह्रथुमको चुहानडाँडा विमानस्थललाई आङ्ग छिरिङ्ग शेर्पा नामकरण गरिएको जानकारी दिएका थिए ।

नेता भट्टराईले ऐतिहासिकरुपमा कुनै नाम वा विशेषताबाट चिनिएका स्थानहरुको परिचय बदल्नुभन्दा अघि त्यसको आवश्यकता, औचित्यता, सान्दर्भिकता र परिणामका बारेमा स्थानीय सरोकारवाला समूह, जनप्रतिनिधि सहित नागरिक स्तरमा व्यापक छलफल र विमर्श गरी सहमति निर्माण गर्नु पर्ने धारणा सार्वजनिक गरेका छन् ।

२०७५ फागुन १५ गते एयर डाइनेष्टीको हेलिकप्टर ताप्लेजुङ्गको पाथीभरा नजिकै दुर्घटना हुँदा तत्कालीन पर्यटन मन्त्री अधिकारी तथा व्यवसायी आङ्ग छिरिङ् शेर्पासहित सातजनाको ज्यान गएको थियो।

अधिकारीको निधनपछि पर्यटन मन्त्रीको जिम्मा नेता योगेश भट्टराईले पाएका थिए।

ताप्लेजुङ् सुकेटार बिमानस्थलका बारेमा
एेतिहासिक रुपमा कुनै नाम वा बिशेषताबाट चिनिएका स्थानहरुको परिचय बदल्नुभन्दा अघि त्यसको आबश्यकता, औचित्यता, साअन्दर्भीकता र परिणामका बारेमा स्थानीय सरोकारवाला समुह, जनप्रतिनिधि सहित नागरिक स्तरमा ब्यापक छलफल र बिमर्श गरी सहमति निर्माण गर्नु पर्दछ । यसरीमात्र सहभागीता मुलक लोकतन्त्र बलियो हुनसक्छ । असल काम पनि असल नियत र सहि प्रकृयाबाट गरियो भनेमात्र सहि परिणाममा पुग्न सकिन्छ । अन्यथा बिबाद, बिभाजन र अनाबश्यक तनाबमात्र झेल्नु पर्दछ ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !