राहदानी वितरणमा देखिएको समस्या समाधान भयो : राहदानी विभाग

काठमाडौं ।

राहदानी विभागले राहदानी वितरणमा देखिएको समस्याको समाधान भइसकेको दाबी गरेको छ । यही पुस १७ मा देखिएको राहदानी वितरणको समस्या आइतबारदेखि समाधान भएको दाबी गरेको हो ।

विभागले सूचना जारी गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशन अनुसार राहदानी प्राप्त गर्ने प्रक्रियालाई अझै चुस्तदुरुस्त एवं प्रभावकारी बनाउन आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ ।

यस्तै विभागले राहदानीको आवेदन दिएकाहरुले राहदानी तयार रहेको म्यासेज मोबाइलमा आएपछि वा नेपाल इपासपोर्ट एपमा राहदानी तयार छ भन्ने जानकारी प्राप्त भएपछि राहदानी लिनका लागि सम्पर्क गर्न पनि सूचनामार्फत भनेको छ ।

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार