प्रधानन्यायधिश राणालाई सर्वाेच्चबाट बाहिरिन अधिवक्ताको चेतावनी

काठमाडौँ । संसद विघटनविरुद्ध सर्वाेच्च अदालतमा दायर भएका ३० रिटहरु माथि संवैधानिक इजलासमा बहस चलिरहेको छ । बहसको क्रममा वकिलले प्रधानन्यायाधीशको पनि विकल्प रहेको बताएका छन् । नेकपाको नाम सम्बन्धी मुद्दामा एकता नै भंग हुने फैसला गरेका न्यायाधीश बमबहादुर श्रेष्ठ र पुनरावलोकनको निष्शा नदिएका न्यायाधीश तेजबहादुर केसीको विषयमा बहस भइरहेका बेला वरिष्ठ अधिवक्ता शम्भू थापाले प्रधानन्यायाधीशको पनि विकल्प रहेको बताएका हुन्। बहसको क्रममा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले ‘न्यायाधीशहरुको त विकल्प देखाउनु भयो, मेरो चाहिँ छ कि छैन त?’ भनेर प्रश्न गरे ।

जवाफमा अधिवक्ता थापाले भने, ‘तपाईँको पनि विकल्प हुन्छ श्रीमान्। त्यसका लागि तपाईँ बिदामा बस्नुस्, अनि वरिष्ठतम न्यायाधीशको नेतृत्वमा इजलास बनाएर सुनुवाई गर्न सकिने विल्कप हुन्छ।’ बहसको क्रममा प्रधानन्यायाधीश जबराले वलिकहरुलाई न्यायाधीश बन्ने अधिकार नरहेको बताउँदै भने, ‘तपाईँहरुको काम बहस गर्ने हो। न्यायाधीश नबन्नुस्, बहस गर्नुस्।’ उनले ‘संवैधानिक इजलासमा १४ जना न्यायाधीशको नाम छ। म नाम दिन्छु, न्यायाधीश पनि आफै छान्नु हुन्छ?’ भनेर प्रश्न गरेका थिए। इजलासमा न्यायाधीशहरु श्रेष्ठ र केसी राखिँदा अदालतको गरिमामै असर पर्ने भन्दै वरिष्ठतम अधिवक्ता कृष्णप्रसाद भण्डारी तथा वरिष्ठ अधिवक्ताहरु थापासहित गोविन्द बन्दी, महादेव यादव, बद्रिबहादुर कार्की, हरिहर दाहाल, रमण श्रेष्ठ तथा अधिवक्ताहरु टीकाराम भट्टराई, मिथिलेश मियाँले बहस गरेका छन्।

अहिले महान्यायाधीवक्ता रमेश बडालले जवाफी बहस गरिरहेका छन्। बहसको क्रममा महान्यायाधीवक्ता बडालले बरिष्ठ अधिवक्ताहरुले हैसियत बिर्सेको भन्दै कानुन व्यवसायी आचारसंहिता उल्लंघन गरेको जिकिर गरे ।उनले भने, ‘यहाँ स्वच्छ सुनुवाइको कुरा गरौं । मिडिया स्टन्ट चलाउन,दबाब सिजना गर्न,विपक्षी शेरवहादुर देउवादेखि दुर्गा पौडेलसम्म बसेर मिडिया ट्रायल गर्ने निर्णय गरेका छन् । अहिले यहाँ त्यही भइरहेको छ । तपाईहरुले आचारसंहितामा ध्यान दिनुभएन भने सचेत बनाउने हैसियत राख्छ बार काउन्सिलले ।’

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !