नयाँ संसदको पहिलो बैठक आज, के छ कार्यसूचीमा ?

काठमाडौं ।

नयाँ संसद्को पहिलो बैठक आज बस्दै छ । बैठक प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाको अध्यतामा बस्ने छ । बैठकमा ज्येष्ठ सदस्य राणाले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ ।

यस्तै प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्ड नियुक्त भएको पत्र र मन्त्रिपरिषद् गठन भएको जानकारी पनि सदनलाई गराइने भएको छ ।

त्यसै गरी सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन हुनेछ भने अधिवेशन शुभारम्भ भएको अवसरमा दलीय आधारमा सांसदहरूले आफ्नो मन्तव्य राख्नेछन् ।

बैठक दिउँसो १ बजेका लागि डाँकिएको छ ।

यस्तै आजै राष्ट्रियसभाकाे बैठक पनि आह्वान भएको छ ।

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार