सकियो राष्ट्रियसभा उपनिर्वाचनः कति खस्यो मत ? तीन जनाले गरे बहिष्कार !

दाङ । लुम्बिनी प्रदेशमा राष्ट्रियसभाको उपनिर्वाचन सकिएको छ । कोरोना भाइरसको महामारीका बीच जारी उपनिर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको विपक्षी गठबन्धनका तर्फबाट दृगनारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्का उम्मेदवार छन् । दाङ घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मत हालेसँगै बिहान ९ बजे शुरू भएको मतदान अपराह्न ३ बजेसम्म जारी रहने भनिएको थियो । तर निर्धारित समय अगावै मतदान सकिएको हो । उप–निर्वाचनमा २९७ मत खसेको छ। जम्मा ३ सय मतदाता रहेकोमा २९७ मत खसेको हो। स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २१४ जनाले मतदान गरेका छन्। लुम्बिनी प्रदेशसभाका सबै ८३ सदस्यले मतदान गरेका छन्।

स्थानीय तहतर्फ नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख धवल सम्शेर राणा र नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाह, गुल्मीको गुल्मी दरबार गाउँपालिकाका अध्यक्ष अशोककुमार थापाले अहिलेसम्म मतदान नगरेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ। मतदान गर्ने समयम ३ बजेसम्म तोकिएको छ। उप–निर्वाचनमा ३०० जना मतदाता छन्। मतदान सकिए लगत्तै गणना सुरु गरिने छ। नेकपा एमालेका चन्द्रबहादुर खड्का र नेपाली कांग्रेसका दृगनारायण पाण्डे चुनावी मैदानमा छन्। पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपा उपेन्द्र पक्ष, राष्ट्रिय जनमोर्चाको समर्थन छ।

निर्वाचनमा ३ जना मतदाता अनुपस्थित भएका छन् । राप्रपाबाट नेपालगन्ज उपमहानगरपालिकाको नगरप्रमुखमा निर्वाचित धवलशमशेर राणाले अहिलेको अवस्थामा उपनिर्वाचनमा जान आवश्यक नभएको भन्दै बहिष्कार गरेका छन् भने गुल्मीको दरबार गाउँपालिकामा नेपाली कांग्रेसबाट निर्वाचित अध्यक्ष अशोककुमार थापा र जसपा उपेन्द्र पक्षका बाँके नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमत शाह कोरोना संक्रमित भई उपचारका क्रममा रहेकाले उपस्थित हुन सकेनन् ।यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !