दीगो आर्थिक विकास प्रमुख एजेण्डा : प्रचण्ड

काठमाडौं :

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को पहिलो बैठकबाटै अर्थतन्त्र सुधार गर्न प्रभावकारी काम गर्ने निर्णय गरेको बताएका छन्।

सोमबार ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाडौंको एकीकृत कारोबार शुभारम्भ समारोहलाई सम्बोधन गर्दै प्रचण्डले सरकारका न्यूनतम साझा कार्यक्रममा पनि दीगो आर्थिक विकास र अर्थतन्त्रको सबलीकरण प्रमुख एजेण्डामा राखेको बताएका हुन्।

उनले अर्थतन्त्रमा नतिजामुखी काम तत्काल गर्नुपर्ने आवश्यक रहेको बताए।
तस्बिर : अभिशेक महर्जन

उनले अर्थमन्त्री विष्णु पौडेल, गर्भनर महाप्रसाद अधिकारी र आफूसँगै बसेर नीजि क्षेत्रको समस्या समाधान कसरी गर्न सकिन्छ भनेर छलफल गरेको स्मरण गरे।

उनले निजी क्षेत्रको लगानी प्रवर्द्धन गर्न आवश्यक नीतिगत, संस्थागत तथा प्रक्रियागत सुधार गर्ने प्रतिबद्धता समेत व्यक्त गरे। उनले संरचनागत सुधार पनि गर्ने स्पष्ट पारे।

देशमा रेमिटेन्सको कारोबारलाई भरपर्दो र सुरक्षित गर्ने बैंकको महत्त्वपूर्ण भूमिका रहेको बताए। प्रचण्डले ठूला परियोजनामा मात्र नभएर आम जनताको वित्तिय क्षेत्रमा पहुँच, वित्तिय साक्षरता र स्वरोजगारका क्षेत्रमासमेत बैंकिंग क्षेत्रले योगदान गर्नु जरुरी रहेको बताए।

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार