संसदको पहिलो बैठकमा शेर बहादुर देउवाले के भने ?

काठमाडौं :

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभामा रचनात्मक ढंगले प्रस्तुत हुने बताएका छन्।

सोमबार नयाँ संसदको पहिलो बैठकमा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले प्रतिनिधिसभामा कांग्रेस एकताबद्ध,जिम्मेवार र रचनात्मक भइ प्रस्तुत हुने बताएका हुन्।

‘देश र जनाताको बृहत्तर हितमा काम गर्नेछौं। यो प्रतिनिधिसभामा नेपाली कांग्रेस एकताबद्ध,जिम्मेवार र रचनात्मक भइ प्रस्तुत हुनेछ,’उनले भने,’ जनताको जीवनसँग जोडिएका विषयमा हाम्रो विशेष ध्यान जानेछ।’

देउवाले नेपालको संविधानको रक्षा र कार्यान्वयन,संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सबलीकरण गर्दै देशमा दिगो शान्ति, सुशासन,विकास र संमृद्धि प्राप्त गर्ने लक्ष्यमा अबिचलित रुपले लागिरहने बताए।

उनले आगामी दिनमा नेपाली काँग्रेस जनताको अपेक्षाअनुसार काम गर्ने विश्वास व्यक्त गरे। ‘पार्टीका साथीहरुको भावनाअनुसार काम गर्नेछ।हाम्रा असंख्य सहीदहरुको त्याग,तपस्या र बलिदानबाट हामीले प्रेरणा पाएका छौं,’देउवाले भने,’संस्थापक नेता वी.पी.कोइराला,सुवर्ण शसशेर, गणेशमान सिंह,कृष्णप्रसाद भट्टराई, गिरिजा प्रसाद कोईराला, सुशिल कोइरालालगायतका नेताहरुको मार्ग दर्शनले हाम्रो यात्रा निर्देशित छ। ‘

देउवाले आफ्नो पार्टीलाई ठूलो दल बनाएकोमा मतदातालाई धन्यवाद दिँदै जनताको विश्वासमा ठेस लाग्न नदिने प्रतिवद्धता जनाए।

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार