प्रदेश १ : माओवादी केन्द्रले मुख्यमन्त्रीको शपथग्रहण बहिष्कार गर्ने

काठमाडौँ

नेकपा (माओवादी केन्द्र) प्रदेश १ संसदीय दलले प्रदेश १ को मुख्यमन्त्री हिक्मतकुमार कार्कीको शपथ ग्रहण बहिष्कार गर्ने निर्णय गरेको छ ।

संसद सचिवालय विराटनगरमा भर्खरै सम्पन्न बैठकले यस्तो निर्णय गरेको माओवादी सांसद गणेश उप्रेतीले जानकारी दिए । आलोपालोको निर्णय नभएसम्म आफूहरू सरकारमा सहभागी नहुने विषयमा पार्टीको केन्द्रलाई जानकारी पठाउने दलले निर्णय गरेको हो ।

प्रदेशको मुख्यमन्त्रीमा एमालेका हिक्मतकुमार कार्की हिजो नियुक्त भएका थिए । उनलाई आज दिउँसो २ बजे शपथग्रहण गराउने तयारी छ । आजै उनले सानो आकारको मन्त्रिमण्डल निर्माण गर्ने तयारी गरेका छन् । जसपाले पनि सरकारमा जाने नजाने निर्णय गरेको छैन।

यसैबीच नेकपा मा‌ओवादी केन्द्रका सचिव राम कार्कीले प्रदेश १ सरकार आलोपालो हुनुपर्ने बताएका छन्। उनले केन्द्र गठबन्धनले निर्णय करेक्सन गर्न पर्नेसमेत बताएका हुन्।

माओवादी प्रदेश १ कमिटी सचिवसमेत रहेका कार्कीले प्रधानमन्त्रीसमेत रहेका पुष्पकमल दाहाल प्रचण्डसँग कुरा गरिरहेका बताए। उनले भने, ‘कमरेडले पनि हिजो भएको सहमति करेक्सन गर्ने आश्वासन दिनुभएको छ।’

 

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार