चित्रबहादुर केसीको प्रस्न: संसद भत्काउन हो बामपन्थी गठबन्धन ?

काठमाडौं ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसद् भत्काउन बामपन्थी गठबन्धन हो भन्दै प्रश्न उठाएका छन् ।

संसदको पहिलो बैठकमा बोल्ने क्रममा अध्यक्ष केसीले एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाइमा प्रश्न उठाएका हुन् । ओलीले संसद् विघटन गरेर ताजा जनादेशमा जानु प्रतिगमन नभएको भन्दै संसद् बाहिरबाट सरकार बनाउनु प्रतिगमन भएको बताएका थिए ।

त्यसको जवाफमा केसीले संसद् भत्काउन बामपन्थी गठबन्धन गरेको हो, संसद् विघटन प्रधानमन्त्रीको अधिकार हो भन्दै प्रश्न उठाएका हुन् ।

“संसद विघटन गर्नु प्रधनमन्त्रीको अधिकार हो । हो, त्यस्तै हो ? संविधानले त्यस्तै भनेको छ ?,” प्रश्न गर्दै केसीले भने, “संसद् भत्काउन बामपन्थी गठबन्धन हो ?” उनले संविधानको सम्मान गरेर व्यवस्था चलाउन आवश्यक भएको बताए ।

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार