देउवालाई रोष्टमबाटै ओलीले किन ‘गुरुजी’ भनेर सम्बोधन गरे ?

काठमाडौं ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिने सन्दर्भमा छलफल भइरहेका बेला सत्ता गठबन्धनका प्रमुख नेता केपी शर्मा ओली र विपक्षी नेता शेरबहादुर देउवाबीच सवाल जवाफ चलेको छ ।

देउवाले ओलीको अघिल्लो दिनको अभिव्यक्तिको विरोध गरे लगत्तै बोल्न रोष्टममा उभिएका ओलीले देउवालाई जवाफ दिएका हुन् ।

संसद् विघटनको पक्षमा ओलीले बोलेकोमा देउवाले प्रधानमन्त्रीमाथि प्रश्न उठाएका थिए । जवाफमा ओलीले भने- गुरुजी ! आफूले गरेका कुरा सम्झिनुस् ।

२०१७ सालमा मैले संसद् विघटन गरेको हो रु २०५१ मा मैले विघटन गरेको हो रु माननीय शेरबहादुरजीले २०५८ साल असारमा संसद् विघटन गरेर असोज १८ र माघ १९ मा पुगेको होइन रु यहाँले होइन पटकपटक संसद् विघटन गरेको ?

 

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार