अन्तत ठेगानमा आए प्रधानन्यायधिश

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र सर्वोच्च बारबीच छलफल भएको छ । प्रधान्यायधिश राणको कार्यकक्षमै पुगेर बारका अध्यक्ष पूर्णमान शाक्यले छलफल गर्नुभएको हो । भेटको क्रममा शाक्यले संवैधानिक इजलास पुनर्गठनको माग गरेका छन् । इजलासमा राखिएका दुई न्यायधिशहरुमाथि बारम्बार प्रश्न उठेपछि बारले प्रधानन्यायधिशलाई पुनर्गठन गर्न ध्यानाकर्षण गराएको हो । स्रोतका अनुसार बारले वरिष्ठताका आधारमा इजलास पुनः गठन गर्न सुझाएको छ ।

चोलेन्द्रशमशेर राणाले वरिष्ठताका आधारमा संवैधानिक इजलास सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। सर्वोच्च अदालत बारका प्रतिनिधिसँग मंगलबार भएको भेटमा राणाले त्यसका लागि आफूले सर्वोच्च अदालतको कार्यसञ्चालन नियमावली परिवर्तन गर्ने जानकारी दिएका हुन्। सर्वोच्च बारका पदाधिकारीले संवैधानिक इजलास विवादरहित ढंगले सञ्चालन गर्न प्रधानन्यायाधीश राणालाई सुझाव दिएका थिए। ‘प्रधानन्यायाधीशज्यूले कार्यसञ्चालन नियमावली परिमार्जन गरेर वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्ने जानकारी दिनुभयो’, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले भने, ‘उहाँले एक साताभित्रै नियमावली परिमार्जन गर्ने बताउनु भएको छ।’

शाक्यले नयाँ नियमावली सर्वोच्चको फुल कोर्टबाट पारित गर्ने सहमति भएको बताए। प्रतिनिधिसभा विघटनसम्बन्धीका रिटहरूमाथि मंगलबारको सुनुवाइ सुरू हुनुअघि सर्वोच्च बारका पदाधिकारी प्रधानन्यायाधीशलाई भेट्न उनको कार्यकक्षमा पुगेका थिए । विवादमा परेका न्यायाधीशहरू इजलासबाट बाहिरिने वा रहने भन्ने निर्णय भइनसकेको अवस्थामा उहाँ प्रधानन्यायाधीशलाई भेट्न गएका हुन् ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा मिलाउन गठित संवैधानिक इजलासमा न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठ पनि परेपछि बारम्बार प्रश्न उठिरहेको छ । संवैधानिक इजलासमा न्यायाधीश बमकुमार श्रेष्ठ र तेजबहादुर केसीलाई राख्न नहुने वकिलहरूले अडान लिएपछि यसबारे इजलासमा चर्को विवाद छ । यद्यपी आज इजलास गठन गर्दा राणाले यी दुबैलाई निरन्तरता दिएका छन् । यद्यपि आजको सुनुवाई स्थगन हुने सम्भावना रहेको छ ।

न्यायधिशलाई बाहिरिन आग्रह गरिएको भएपनि उहाँहरुले नबाहिरिने मनसाय देखाएपछि हिजो पुनर्गठन हुन सकेको थिएन । आजपनि प्रधानन्यायाधीशको अध्यक्षतामा न्यायाधीश दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, बमकुमार श्रेष्ठ र तेजबहादुर केसीसहितको बेन्चले नै मुद्दाको सुनुवाई गर्ने तय भएको थियो ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !