समृद्धिको यात्रामा दृढतापूर्वक अघि बढ्छु: प्रचण्ड

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रामा दृढतापूर्वक अघि बढ्ने संकल्प गरेका छन् ।

मंगलबार प्रतिनिधि सभामा विश्वासको मत पाएपछि सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री प्रचण्डले इमानदार रहँदै सहमतिका साथ अगाडि बढ्ने उल्लेख गरेका हुन् ।

उनले भनेका छन्, ‘तपाईँहरूको यो विश्वासप्रति इमानदार रहँदै सहमतिका साथ सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रामा दृढतापूर्वक अघि बढ्ने संकल्प गर्दछु ।’

उनले प्रतिनिधि सभाबाट करिब सर्वसम्मतिले विश्वासको मत प्रदान गरेकोमा सबै सांसद र संसद्प्रति आभार पनि व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार