के हुँदैछ बालुवाटारमा यतिबेला ?

काठमाडौं । बिहान ११ बजे बोलाइएको नेकपा एमाले स्थायी कमिटीको बैठक दुई घण्टा ढिला शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा जसपासँगको पछिल्लो वार्ता प्रक्रिया,पार्टी एकताका लागि भएका प्रयास र बजेटका बारेमा छलफल हुँदैछ । कार्यदलमा रहेका नेताहरुले माधव नेपाल पक्षका नेताहरुसँग सोमवार मध्यरातसम्म पनि वार्ता गरेका थिए । वार्ता प्रक्रिया सकारात्मक रहेकाले अहिले थप नेताहरुमाथि कारवाही नहुने बताइएको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले स्पष्टीकरण सोधिएका विघटित प्रतिनिधिसभाका १२ जना सांसदमाथि कारवाही गर्ने एजेण्डा बैठकमा नरहेको बताएका छन् । उनले भने, ‘कोही व्यक्तिगत रूपमा पार्टी छोडेर गए एउटा कुरा नत्र कोहि पनि सदस्य बाहिर जाओस् भन्ने पार्टी चाहदैन ।’

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !