कांग्रेस प्रमुख प्रतिपक्षको भूमिकामा सुरक्षित छ: उपसभापति पूर्णबहादुर खड्का

काठमाडौं ।

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसले अहिलेको परिस्थितिको मूल्यांकन गरेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको बताएका छन् ।

मंगलवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको पालामा पनि परिस्थितिको मूल्यांकन गरेर नै सरकारको समर्थन गरेको र अहिले पनि विशेष परिस्थिति रहेका कारण सरकारको समर्थन गरेको बताए ।

उपसभापति खड्काले कांग्रेस प्रमुख प्रतिपक्षको भूमिकामा सुरक्षित रहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार