गठबन्धन ‘हाइज्याक’ भएको थियो ‘करेक्सन’ हुँदैछ : रामचन्द्र पौडेल

काठमाडौं ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी ओलीबाट हाइज्याक भएको गठबन्धन पूरानै ठाउँमा फर्काउन प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ लाई कांग्रेसले विश्वासको मत दिएको बताएका छन् ।

संसद भवनबाहिर पत्रकारहरूसँग कुरा गर्दै नेता पौडेलले विश्वासको मत दिनुको कारण खुलाउँदै भने, ‘हाइज्याक भएको गठबन्धन करेक्सन गर्ने उद्देश्यले कांग्रेसले विश्वासको मत दिएको हो । विस्तारै सबै ठीक ठाउँमा आउने अपेक्षा गरौं ।’

गठबन्धनका संयोजक केपी शर्मा ओलीले संसद विघटनको बचाउ गरेको भन्दै पौडेलले त्यसबाटै हाइज्याक भएको गठबन्धन फर्किने आशा व्यक्त गरे ।

उनले प्रचण्डलाई विश्वासको मत दिएपछि आफूले ढुक्क महसुस गरेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार