उपेन्द्रले जसपाका ४ नेतालाई लखेटे

काठमाडौं । लामो समयदेखि पत्रयुद्ध चलेको जनता समाजवादी पार्टी नेपालको उपेन्द्र यादव पक्षले अध्यक्ष महन्थ ठाकुरसहित ४ जना नेताहरुलाई पार्टीबाटै निष्काशन गरेको छ । आफूहरुले दुईपटकसम्म पठाएको स्पष्टिकरणको जवाफ नदिएको भन्दै आज बसेको कार्यकारीणि समितिको बैठकले ठाकुरसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई निष्कासन गरेको हो ।

यसअघि जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष यादव पक्षले अध्यक्ष ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरू सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई दुई पटक स्पष्टिकरण सोधिसकेका थियो। त्यसको जवाफ नदिएका अध्यक्ष ठाकुर पक्षले उल्टै उपेन्द्र पक्षलाई स्पष्टिकरण सोधेको थियो । तर एकअर्कालाई कसैले पनि स्पष्टिकरण दिएका थिएनन् । एक नेताका अनसार चार नेतालाई आज कारवाही गरी पार्टीबाट निष्काशन गरिएको छ भने निर्वाचन आयोगलाई पनि जानकारी गराइसकिएको छ ।

सरकारमा जाने विषयले जसपामा बढी विवाद देखिएको उपेन्द्र पक्ष बर्तमान सरकारको विरोधमा रहेको छ भने महन्थ पक्ष आफ्ना माग सम्बोधन हुन लागेको भन्दै १० मन्त्री पद लिएर सरकारमा जाने तयारी गरेको छ । यसैबीच ठाकुर पक्षले सरकारमा जाने विषयमा छलफल गर्न आफ्नो बैठक बोलाएको छ। बबरमहलस्थित पार्टी कार्यालयमा अध्यक्ष ठाकुरले आफू निकट नेतासँग छलफल गरिरहेका छन्। ठाकुर पक्षले पनि यादवलाई स्पष्टिकरण सोधेका छन्। जसपाको कार्यकारिणी समितीमा भट्टराई-यादव पक्षको बहुमत छ भने विघटीत प्रतिनिधि सभामा ठाकुर पक्षको बहुमत छ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !