कर्णालीको गरिबी, रोग र भोकलाई अन्त्य गर्ने अभियानमा छौं: नवनियुक्त मुख्यमन्त्री शर्मा

सुर्खेत ।

कर्णाली प्रदेशको नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीको गरिबी, रोग र भोकलाई अन्त्य गर्ने अभियानमा आफू अघि बढेको बताएका छन् । उनले सबैजना यही अभियानमा रहेको उल्लेख गरे ।

नेकपा माओवादीका केन्द्रका नेता पोलिटव्यूरो सदस्य राजकुमार शर्मा नियूक्त भएका छन् । आज मुख्यमन्त्री नियक्त भएपछि पत्रकाहरुसँग कुरा गर्दै सकारात्मक चुनौतीको रुपमा लिएको बताए । उनले कर्णालीका जनाता सँग सहकार्य गरेर अगाडि बढ्ने जानकारी दिए ।

त्यस्तै, उनले संसदभित्र पनि छलफल तथा बहस हुने बताए । छलफलबाट आएका विषयवस्तुलाई नीति निर्माण गरेर त्यही नीति लागु गर्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार