सुर्खेत।
कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्मा ९आर्ट० ले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाएका हुन्।
माओवादी संसदीय दलका नेता शर्मा बुधबार नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई नेकपा एमाले, राप्रपा र एकीकृत समाजवादीको समर्थनले समर्थन गरेको छ ।
यस्तै आजै मुख्यमन्त्री शर्माले एमालेबाट र माओवादीबाट १र१ जनालाई मन्त्रीमा नियुक्त, गर्ने तयारी गरेका छन् । एमालेबाट विनोद कुमार शाह र माओवादीबाट मुगुका मंगल शाही मन्त्री बन्ने भएका छन् । उनीहरू दुवै जना बिना विभागीय मन्त्री बन्दै छन् ।