जनकपुरधाम ।
मधेस प्रदेशका स्वतन्त्र सांसद सारदा शंकर कलवार नेकपा एमालेमा प्रवेश गरेका छन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले बालकोटमै खादा र टिका लगाएर सांसद कलवारलाई एमालेमा भित्र्याएका हुन् ।
कलवार बारा क्षेत्र नम्व २ (१)बाट निर्वाचित भ एका छन् । ०७४ मा उनी तत्कालीन संघीय समाजवादी फोरमबाट निर्वाचित भएका थिए ।
कलवार प्रवेश गरेसँगै मधेस प्रदेशमा एमालेको सांसद संख्या २४ पुगेको छ । यो प्रदेशमा एमाले सबभन्दा ठूलो दल छ ।