“गन्हाउने आवाज निकाल्न मलद्वार छँदै छ, मुख र मलद्वारको काम चिन”: समिक्षा अधिकारी

काठमाडौँ

गायिका समीक्षा अधिकारीले सामाजिक सञ्जालमा नकारात्मक कमेन्टहरूको सामना गर्दै आएकी सोसल मिडिया म्यानेजर राखेकी छिन् । उनले सामाजिक संजालमा राख्ने स्टाटसहरूले गर्दा उनले म्यानेजर राखेको भनेर लख काट्न गाह्रो छैन ।

उनको आधिकारी सामाजिक सञ्जालबाट अहिले अलिक गम्भिर र भावुक विषयमा स्टाटस आउन थालेका छन् । आज पनि उनले बचनले दिएको घाउ मेट्न नसकिने बताउँदै एक स्ट्याटस पोष्ट गरेकी छन् ।

उनले लेखेकी छन्, ‘बचनले दिएको घाउको औषधी वचन नै हो ।वचनले घर, समाज र संसार बन्छ, वचनले नै युद्ध भड्कन्छ । सबैभन्दा सजिलो छ, मनलागी सस्तो बोल्न र मुख छाड्न । अर्थपूर्ण बोल्न त साधना गर्नुपर्छ । मेरा मित्रहरु ! गन्हाउने आवाज निकाल्न मलद्वार छँदै छ । मुख र मलद्वारको काम चिन ।’

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार