ज्वालाका दोस्रो बुबा- जन्मिँदा जे’लबाटै नाम दिए, प्रचण्डबाट कित्ता छुटाएर सरप्राइजको चाङ दिए

काठमाडौं ।

नेकपा एमालेकी पोलिटव्युरो सदस्य एवं प्रतिनिधिसभा सदस्य ज्वालाकुमारी साह नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्का एक्ली महिला मन्त्री छन् ।

मन्त्रालय नटुंगिएकी उनले प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्मा मन्त्री हुन्छु भन्ने कल्पनासमेत गरेकी थिइनन् ।

प्रचण्डको नेतृत्वमा नयाँ सत्ता समीकरण बन्दै गर्दा उनी आफ्नो निर्वाचन क्षेत्रका मतदातालाई धन्यवाद दिन बारामा थिइन् । एमाले र माओवादीसहितको सत्ता गठबन्धनले प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय गर्दैगर्दा साहले बारामा भएका २ वटा कार्यक्रममा सम्बोधन गरिसकेकी थिइन् ।

दोस्रो कार्यक्रम सकेर तेस्रो कार्यक्रमको लागि जाँदै गर्दा साहलाई दिउँसो साढे २ बजेतिर अकस्मात पार्टी अध्यक्ष केपी शर्मा ओलीले फोन गरे । ओलीले उनलाई सीधै साढे ३ बजे शीतल निवास पुग्न र राष्ट्रिय पोशाकमा आउन भने । साहले ‘किन बुवा ?’ मात्र के भनेकी थिइन्, ओलीले जवाफ दिए, ‘शपथ खान ।’

साह एकछिन अन्योलमा परिन् । बारामा तेस्रो कार्यक्रममा जानु थियो । साढे २ बजिसकेको थियो । साढे ३ बजे शीतल निवास पुग्न तत्काल सम्भव थिएन । के गर्ने, के नगर्ने, के भन्ने र के नभन्ने भयो उनलाई । उनले ओलीलाई धन्यवादमात्रै भनेर फोन राखिन् ।

उनले आफूलाई कुन मन्त्रालयको जिम्मेवारी दिइयो भनेर प्रश्न पनि गरिनन् । त्यसपछि साह सीधै साढे ३ बजेको फ्लाइटबाट काठमाडौं आइन् । काठमाडौं आएर शीतल निवास पुग्दा साढे ५ बज्यो । शीतल निवासमा प्रधानमन्त्रीसहित सबै मन्त्रीले शपथ लिइसकेका थिए । ढिला पुगेका साहले पछि एक्लै राष्ट्रपतिबाट शपथ खाइन् ।

‘अकस्मात अध्यक्षज्यूको फोन आयो । म बारामा थिएँ, आउँदाआउँदै शपथ कार्यक्रममा ढिला भएँ’, उनले भनिन्, ‘तर, शपथ खाँदासम्म मलाई मन्त्री नियुक्त भएको सपनाजस्तै लागिरहेको थियो ।’

‘म जतिपटक मन्त्री भएँ, म आफैं सरप्राइज भएको छु’, उनले थपिन्, ‘मैले कुनै पनि समयमा मन्त्री हुन्छु भनेर भनेको छैन । जहिले मन्त्री भएँ, सबै मेरा लागि सरप्राइज नै भयो ।’

यस पटकमात्र होइन, यसअघि २ पटक राज्यमन्त्री र १३ दिने कृषिमन्त्री हुँदा पनि आफू सरप्राइज भएको साह बताउँछिन् । ‘म जतिपटक मन्त्री भएँ, म आफैं सरप्राइज भएको छु’, उनले थपिन्, ‘मैले कुनै पनि समयमा मन्त्री हुन्छु भनेर भनेको छैन । जहिले मन्त्री भएँ, सबै मेरा लागि सरप्राइज नै भयो ।’

पूर्वमाओवादी साह प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदमा

साह पूर्वमाओवादी हुन् । नेकपा फुटिसकेपछि उनको भेट प्रचण्डसँग भएको थिएन । एकैपटक मन्त्रीको शपथ खाने दिन शीतल निवासमा मात्रै भेट भएको उनले सुनाइन् । ‘मन्त्रीको शपथ खाएपछि प्रचण्डजीलाई मञ्चमै गएर बधाई दिएँ’, उनले भनिन्, ‘त्यसपछि मन्त्रिपरिषद् बैठकमा मात्रै हाम्रो भेट भयो । त्योबाहेक खासै भेट भएको छैन । प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री भइएला भन्ने मैले कल्पनासमेत गरेको थिइनँ ।’

माओवादीको जनयुद्धमा होमिएकी उनी माओवादी शान्ति प्रक्रियामा आएपछि २७ वर्षकै उमेरमा २०६४ सालमा समानुपातिकबाट संविधानसभा सदस्य निर्वाचित भइन् । सभासद हुँदा बाबुराम भट्टराई नेतृत्वको सरकारमा भूमिसुधार राज्यमन्त्री भइन् । पछि उनी पर्यटन राज्यमन्त्री बनिन् । साह माओवादीको महिला संगठनको केन्द्रीय सदस्य हुँदै उपाध्यक्षसमेत भएकी थिइन् ।

विराटनगरमा भएको सम्मेलनबाट माओवादी केन्द्रीय सदस्य बनेकी साह २०७२ सालमा पोलिटव्युरो सदस्य चयन भएकी थिइन् । २०७४ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएर बनेको नेकपाको उनी केन्द्रीय सदस्य बनिन् । त्यसवेला उनी मधेस प्रदेशसभा सदस्य पनि थिइन् । नेकपा फुटेपछि उनी केपी ओलीको पक्षमा उभिइन् । माओवादीबाट निर्वाचित प्रदेश सांसद पद गुम्ने निश्चित हुँदा पनि उनी केपी ओलीको पक्षमा लागेकी हुन् ।

केपी ओली र ज्वाला साहका बुबा वीरगञ्ज जेलमा सँगै बसेका थिए । जेलमा रहँदाको विवरण सुनाउँदै ओलीले उनको नाम ‘ज्वाला’ आफैंले राखिदिएको बताएपछि साह भावुक बनिन् । यसपछि आफूहरुलाई झन् ओलीसँग धेरै नजिक बनाएको उनले बताइन् ।

ओलीले साहको नाम राखिदिएका थिए ‘ज्वाला’
नेकपा विभाजित हुने भएपछि उनलाई केपी ओलीले बालुवाटार बोलाएका थिए । मधेसमा रहेका उनी एक सातापछि श्रीमानसहित ओली भेट्न बालुवाटार पुगेकी थिइन् । बालुवाटार पुगेका वेला ओलीले आफूलाई साथ दिएकोमा धन्यवाद दिएको साहले बताइन् ।

भेटमा ओलीले साहका बुवासँगका सम्बन्धका बारेमा कुरा उप्काए । केपी ओली र ज्वाला साहका बुबा वीरगञ्ज जेलमा सँगै बसेका थिए । जेलमा रहँदाको विवरण सुनाउँदै ओलीले उनको नाम ‘ज्वाला’ आफैंले राखिदिएको बताएपछि साह भावुक बनिन् । यसपछि आफूहरुलाई झन् ओलीसँग धेरै नजिक बनाएको उनले बताइन् ।

‘यसपछि मैले ओलीलाई बाबुसरह नै मानेको छु’, साहले भनिन्, ‘उहाँले पनि मलाई छोरी समान माया गर्नुहुन्छ ।’

साहसँग ओलीका कुरा गर्थे उनका बुवा

साहका बुवा र ओली जेलका सहयात्री थिए । २०३८ सालमा वीरगञ्जमा ओली र साहका बुवा एउटै जेलमा परेका थिए । बुवा जेलमै हुँदा साहको जन्म भयो । छोरी जन्मिएपछि साहकी आमा रुँदै जेल पुगिन् । जेलमा रहेका उनका बुबाले आमालाई हौसला दिँदै भनेका थिए, ‘समाजले छोरो जन्मिएन भनेर हामीलाई घृणा गरे के भयो र ? तिमी चिन्ता नगर । हाम्रो छोरी जन्मिएको छ । यसले मेरो नाम इतिहासमा लेखाउनेछ ।’

उनकी आमा बलियो मन बनाएर छोरी बोकेर घर फर्किइन् । उनकी आमा साहलाई बोकेर बुबा भेट्न जेल गइरहन्थिन् । ओलीलाई केही वर्षपछि बुवा जेलबाट मुक्त भए । जेलको यातनाले स्वास्थ्य अवस्था नराम्रो भए पनि साहलाई समेत बोकेर उनका बुबा आन्दोलनमा जान थाले । आफ्ना बाबुले दाइजो नदिएको निहुँमा महिलालाई जिउँदै जलाउने घटनाको विरोध र प्रतिरोध गरेको साहलाई आज पनि सम्झना छ ।

बुबाको त्यहीं विद्रोही स्वभावले आफ्नो मनमा बच्चादेखि नै क्रान्ति गर्नुपर्छ भन्ने लागेको साह बताउँछिन् । ‘वीरगञ्ज जेलमा सँगै बसेको भएर मेरा बुवाले घरमा केपी ओलीको कुरा गरिरहनुहुन्थ्यो । ओलीसँगै मेरो बुवाले मदन भण्डारी र विद्या भण्डारीका कुरा पनि गर्नुहुन्थ्यो’, उनले भनिन् ।

एकदिन स्थानीय पत्रिमा ‘ज्वालाकुमारी साह अखिल क्रान्तिकारीको कोषाध्यक्ष चयन’ भन्ने समाचार फोटोसहित आयो, त्यसपछि उनका बुवाआमा ‘सरप्राइज’ भए । त्यसपछि प्रहरी साहको खोजीमा लाग्यो । जसले उनका बुवाआमा चिन्तमा परे ।

साहले दिइन् आमाबुबालाई ‘सरप्राइज’
साहका बुवा एमाले कार्यकर्ता थिए । माओवादी आन्दोलनको सुरुवातीमा अधिकांश नेता एमालेबाटै माओवादीमा लागेका थिए । साहका बुवाका साथीहरु अधिकांश माओवादी बने । तर, उनका बुवाआमाले एमाले छाडेनन् । तैपनि उनको घर माओवादीको सेल्टर थियो । साह ८ कक्षामा पढ्दै गर्दा उनका बुवाले ‘नवबिहानी’ पुस्तक पढ्न दिए । त्यो पुस्तक पढेपछि आफ्नो मन परिवर्तन भएको उनले सुनाइन् । उनले थपिन्, ‘मलाई लाग्यो, अब पढेरभन्दा पनि देश र जनताका लागि क्रान्ति गर्नुपर्छ र क्रान्तिमा होमिनुपर्छ ।’ उनी विद्यालय पढ्दै माओवादीको विद्यार्थी संगठनमा लागिन् । घरबाट विद्यालय हिँडेकी उनी विभिन्न विद्यालयमा गई संगठन निर्माणमा व्यस्त हुन थालिन् ।

जिल्लाभरका विद्यालयमा संगठन निर्माणमा जुटेकाले उनी प्रायःजसो ढिलो घर पुग्थिन् । धेरै पटक घर ढिलो पुगेपछि उनका बुवाले हप्काए पनि । एकदिन स्थानीय पत्रिमा ‘ज्वालाकुमारी साह अखिल क्रान्तिकारीको कोषाध्यक्ष चयन’ भन्ने समाचार फोटोसहित आयो, त्यसपछि उनका बुवाआमा ‘सरप्राइज’ भए । त्यसपछि प्रहरी साहको खोजीमा लाग्यो । जसले उनका बुवाआमा चिन्तमा परे । उनले बुवाआमालाई आफू भूमिगत हुन लागेको जानकारी गराइन् । तर, बुवाआमाले साहलाई नर्स पढाउने योजना रहेको सुनाए । तर, उनले मानिनन् ।

उनले उल्टै बाबुआमालाई भनिन्, ‘आमाबुवा अब मेरो धेरै चिन्ता नगर्नुस् । म क्रान्तिमा लाग्छु । प्रहरीले पनि धेरै खोज्न थाल्यो । क्रान्तिमा लागेर बाँचिएछ भने ठीकै छ । मरिएछ भने पनि देश र जनताको नाममा सहिद भयो छोरी भनेर सम्झिनुहोला ।’ त्यसपछि साह कापीकिताव झोलामा बोकेर भूमिगत भइन् । विद्यालय जाने बाटो पनि रोकियो ।

एसएसली दिँदा प्रहरीसँगै विवाद
भूमिगत हुँदा पनि उनले बाबुआमाको जोडबलमा कक्षा ८ र ९ को परीक्षा दिइन् । एसएलसी दिने वेला पनि आयो । जसोतसो भूमिगत हुँदाहुँदै एसएलसी परीक्षा दिइरहेकी थिइन् । तर, अन्तिम दिनको परीक्षामा प्रहरीसँग विवाद भयो । ‘परीक्षा दिइरहेकी थिएँ, एक्कासि एकजना व्यक्तिले मलाई प्रवेशपत्र लुकाऊ भन्यो । मैले परीक्षामा डिस्टर्ब नगर भनें । उनले आफूलाई मेरो बुवाको साथी भएको जानकारी दियो । मैले जो जसको साथी भए पनि मलाई परीक्षामा डिस्टर्व नगर्न अनुरोध गरें । त्यसपछि उनले आफू प्रहरीको असई भएको र प्रहरी मलाई पक्राउ गर्न आइसकेको जानकारी दिए । नभन्दै टुप्लुक्कै प्रहरी आइहाल्यो । प्रहरी आउनेबित्तिकै मैले प्रवेशपत्र पछाडि फालेर पछाडिको साथीको प्रवेशपत्र मेरो अगाडि राखें ।’

२०६० सालमा साह विद्यार्थी संगठनको राजनीतिबाट बढुवा भएर महिला संगठनको जिल्ला अध्यक्ष चयन भइन् । त्यतिवेलै उनीसामु विद्यार्थी नेता अमृत शर्माले विवाहको प्रस्ताव गरे । दुवैजना पार्टीमै भएकाले २२ वर्षकै उमेरमा १० रुपैयाँमा अन्तरजातीय जनवादी विवाह गरिएको उनले बताइन् । अमृत साहभन्दा सिनियर थिए ।

प्रहरीले उनलाई पक्रिहाल्यो । तर, उनले परीक्षा छोड्न मानिनन् । ‘मैले चिटिङ गरेको छैन भन्दै उल्टै प्रहरीसँग किन मैले विवाद गरें । प्रहरीले मलाई तिमी कसको छोरी हो भनेर प्रश्न गर्‍यो । मैले उल्टै जसको छोरी भएँ पनि के गर्नुहुन्छ भन्दै प्रश्न गरें ।

प्रहरीसँग मेरो लामो समय बाझाबाझ भयो’, साहले थपिन् ‘प्रहरी परीक्षा हलबाट बाहिर निस्कियो, म आक्रोशित हुँदै कराउन थालें । त्यसपछि प्रहरीले शिक्षा अधिकारी नै बोलाएर मेरो उत्तरपुस्तिकामा रातो लगाइदियो । त्यसपछि हामी केही साथीहरु परीक्षा हलबाट बाहिर निस्किएर नाराबाजी गर्‍यौं । हामी ४-५ जना परीक्षामा फेल भयौं । दोस्रो पटक लुकेरै परीक्षा दिएर एसएलसी उत्तीर्ण भएँ ।’

अन्तरजातीय विवाह गरिन्, श्रीमानको सहयोगमा अघि बढिन्
२०६० सालमा साह विद्यार्थी संगठनको राजनीतिबाट बढुवा भएर महिला संघको जिल्ला अध्यक्ष चयन भइन् । त्यतिवेलै उनीसामु विद्यार्थी नेता अमृत शर्माले विवाहको प्रस्ताव गरे ।

दुवैजना पार्टीमै भएकाले २२ वर्षकै उमेरमा १० रुपैयाँमा अन्तरजातीय जनवादी विवाह गरिएको उनले बताइन् । अमृत साहभन्दा सिनियर थिए । विवाहपछि पनि उनी राजनीतिमा निरन्तर लागिन् । उनी पार्टीको जिल्ला सदस्य चयन भइन् । साहले जिल्लाको एउटा एरिया सेक्रेटरीका जिम्मेवारी पनि पाइन् । काभ्रेपलाञ्चोक स्थायी घर भएका उनका पति शर्मा अहिले नेकपा एमाले बाराका उपसचिव छन् ।

विवाहपछि उनी र अमृतबीच दुबैजना सँगसँगै राजनीतिमा नलाग्ने सहमति भएको साहले सुनाइन् । ‘श्रीमानश्रीमती सँगसँगै जाँदा परिवारवादको आरोप लाग्थ्यो’, उनले थपिन्, ‘मलाई श्रीमानले नै अघि बढ्न सहयोग गर्नुभयो ।’

प्रचण्डसँग छैन कुनै गुनासो
माओवादी छोडेर एमालेमा लागेपछि साहलाई प्रचण्डसँग खासै गुनासो छैन । उनले माओवादीमा पर्याप्त अवसर नपाएकी पनि होइनन् । तर, माओवादीले १० वर्षे जनयुद्धका पीडितको घाउमा मलमपट्टी लगाउन नसकेपछि एमालेमा लागेको उनको भनाइ छ ।

उनी भन्छिन्, ‘प्रचण्ड नराम्रो मान्छे होइन । उहाँले नराम्रो पनि गर्नुभएको छैन । तर, प्रचण्डको वरिपरिका मान्छेले माओवादी आन्दोलनमा योगदान पुर्‍याउने योद्धाको बलिदान बिर्सिए । शान्ति प्रक्रियामा आएर पनि माओवादीले द्वन्द्वका घाइते, अपांगता भएका व्यक्ति, बेपत्ता र सहिद परिवारको घाउमा मलमपट्टी नलगाएर बालुवाटार रोज्यो ।’

छुट्टिने बेलामा प्रचण्डलाई आफ्नो आशा नगर्न र आफूसँग भएका मान्छे र चिजलाई सम्हाल्नुहोला, भए गरेका कमिकमजोरी सुधार गरेर जान सुझाव दिएको उनको भनाइ छ ।

एमाले रोजेपछि प्रचण्डले बोलाएर आफूलाई कन्भिन्स गर्ने प्रयास गरेको साहले बताइन् । प्रचण्डसँगको भेटबारे उनले सुनाइन्, ‘मलाई तपाईंप्रति कुनै पनि गुनासो छैन । तर, तपाईंभन्दा केपी बुवाले धेरै गर्न सक्नुहुन्छ भन्ने लागेर र उहाँको विचारबाट प्रभावित भएर उहाँ देशकै महान नेता भन्ने लागेर उहाँको पक्षमा उभिएको हो । अब तपाईंले मलाई रोक्न सक्नुहुन्न ।’

छुट्टिने बेलामा प्रचण्डलाई आफ्नो आशा नगर्न र आफूसँग भएका मान्छे र चिजलाई सम्हाल्नुहोला, भए गरेका कमिकमजोरी सुधार गरेर जान सुझाव दिएको उनको भनाइ छ ।

तालमेलविनै साहले गाडिन् जीतको झण्डा
मंसिरमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत मधेस प्रदेशमा रघुवीर महासेठ र ज्वालाकुमारी साहको निर्वाचन क्षेत्रमा मात्रै एमालेले कुनै पार्टीसँग तालमेल गरेन । तालमेल गर्नुअघि पार्टी अध्यक्ष ओलीले ज्वालालाई सोधेका थिए, ‘तालमेल गरौं कि नगरौं ।’ ज्वालाले जवाफ दिइन्, ‘जे गर्न मिल्छ गरौं । म तपाईंको र पार्टीको निर्णय मान्न तयार छु ।’

ओलीले फेरि सोधे, ‘के तिमी जित्न सक्छौ एक्लै निर्वाचन लडेर ?’ उनले जवाफमा भनिन्, ‘कोहीसँग तालमेल नगरे पनि म जित्न सक्छु । प्रतिनिधिसभामात्र होइन, प्रदेशसभामा समेत म जिताउँछु एमालेलाई ।’

नभन्दै ज्वालासहित प्रदेशका दुवै क्षेत्रमा क्लिन स्वीप गर्न एमाले सफल भयो । २०७४ सालको निर्वाचनमा कमजोर देखिएको नेकपा एमाले यस पटकको निर्वाचनमा बलियो भएर आएको छ । ओलीविरुद्ध मधेसमा फिजाइएको गलत भ्रम चिर्न सफल भएपछि यसपटक एमाले बलियो बन्न सफल भएको ज्वालाको दाबी छ ।

उनी भनिन्, ‘विकास निर्माण नै किन गर्नुपर्‍यो, पदमा मात्रै किन जानुपर्‍यो निर्वाचन जित्न ? जनताका दुःखसुखमा साथ दिइरहेकी छु निरन्तर । त्यसैले निर्वाचन जित्छु भन्ने थियो र जितें पनि ।’

‘निरन्तर जनताबीच हुनेलाई चुनाव जित्न गाह्रो हुन्न’
२ पटक राज्यमन्त्री र २ पटक मन्त्री तथा संघीय र प्रदेश सांसद भए पनि आफूले ती पदमा बसेर विकासका काम गर्न नसकेको साह स्वीकार गर्छिन् । ‘राज्यमन्त्री हुँदा जिम्मेवारी पनि कम हुन्छ । १३ दिनमात्रै कृषिमन्त्री हुँदा काम गर्ने मौका नै मिलेन’, उनले भनिन्, ‘अहिले मन्त्री हुन पाएकी छु । त्यो पनि विना विभागीय ।’

तर, विकास निर्माण गरेरमात्र नभएर निरन्तर जनतासँग भएपछि निर्वाचन जित्न कठिन नहुने उनी बताउँछिन् । उनी भनिन्, ‘विकास निर्माण नै किन गर्नुपर्‍यो, पदमा मात्रै किन जानुपर्‍यो निर्वाचन जित्न ? जनताका दुःखसुखमा साथ दिइरहेकी छु निरन्तर । त्यसैले निर्वाचन जित्छु भन्ने थियो र जितें पनि ।’

‘एमाले-माओवादी एकता सम्भव छ’
यति चाँडै देशमा राजनीतिक उथलपुथल होला भन्ने अपेक्षा आफूले नगरेको साह बताउँछिन् । फेरि एमाले र माओवादी केन्द्रबीच एकता सम्भव भएको उनको बुझाइ छ । कम्युनिष्ट पार्टीले वेलैमा बुद्धि पुर्‍याउनुपर्ने उनको सुझाव छ ।

‘एमाले र माओवादी नफुटेको भए अहिलेसम्म पार्टी धेरै अघि बढिसक्ने थियो । जनताका धेरै अधुरा सपना पूरा भइसक्ने थिए’, साह भन्छिन्, ‘हिजोका दिनमा नेताले गरेका कमजोरीको आत्मालोचना गरेर जाने हो र सच्चिने हो भने फेरि पनि पार्टी एकताको बाटो खुला छ । पार्टी एकता हुन जरुरी नै छ । म आफू पनि पार्टी एकताको पहल गर्छु ।’

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार