घनश्यामको दाबी: ओलीले पाए फेरि संसद विघटन गर्छन्

काठमाडौं ।

एमाले छाडेर स्वतन्त्र चुनाव लडेको नेता घनश्याम भुुसालले नेपालको कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउनका लागि नेकपा एकीकृत समाजवादी असाधारण बलियो ठाउँ भएको बताएका छन् ।

आज माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा प्रवेश गर्दै उनले भने, ‘मैले यसको सामान्य प्रतिवेदन मैले हेरेको छु । अगाडिको बाटो तय गर्नको लागि यो धेरै राम्रो ठाउँ हो ।’

सैद्धान्तिक रुपमा समाजवादतिर जानका लागि नेकपा बनाएपनि पार्टी विभाजन गराइएको आरोप लगाए । षड्यन्त्रपूर्ण राजनीति र विकाउपूर्ण अदालतको गठबन्धनले नेकपा विभाजन गराएको बताए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले एकतिर हलो र अर्कोतिर घण्टी राखेर बालकोट शासन चलाउन खोजेको दाबी गरे । उनले एमालेले जनमत पाएमा फेरि संसद विघटन गर्ने बताए ।

उनले भने, ‘अहिले पनि एमालेले राम्रो मत पायो भने एमाले नेतृत्वले संसद विघटन गर्छु भनेर अस्ति प्रतिनिधि सभामा भनिसकेका छन् । यो गलत कुरा होइन पायोभने हामीले गर्छु भन्या न हो ।’

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार