काठमाडौं
काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको जहाज आइतबार बिहान पोखरामा दु’र्घ’ट’ना’मा परेको छ। दु’र्घ’ट’ना’मा मृ’त्यु’ भएका ३२ जनाको श’व” अहिलेसम्म फेला परेको छ। उ’द्धार’को कार्य जारी छ।
६८ जना यात्रु सवार उक्त एटिआर जहाज पाइलट कमल केसीले उडाएका थिए। चालक दलमा कोपाइलट अन्जु खतिवडा र दुई जना एयर होस्टेस सिर्जना होङचुङ र ओसिन आलेमगर थिए।
जहाज उडाएका पाइलट केसी प्रशिक्षक पाइलट हुन्। स्रोतका अनुसार उनी २० वर्षभन्दा बढी समयदेखि जहाज उडाउँदै आएका थिए।
काठमाडौंको बुढानिलकण्ठका बासिन्दा केसीले पाइलट कोर्स सकिएलगत्तै केही वर्ष नेपाल एयरलाइन्समा काम गरेका थिए। त्यसपछि उनी जागिरका लागि भारत गएका थिए। यति एयरलाइन्समा उनले १५ वर्षअघि जागिर सुरू गरेका थिए।