गायक हेमन्त शर्मा भन्छन्, ‘भाग्यले बचायो’

काठमाडौँ

पोखरामा आइतबार बिहान दु’र्घ’ट’ना भएको भएको यती एअरलाइन्सभन्दा संयोगबस आफू अघिल्लो विमानमा परेको गायक हेमन्त शर्माले बताएका छन्।

उनले बिहानै बागलुङ जिल्लामा हुने महोत्सवमा जाने तरखरमा रहेको भन्दै फेसबुकमा स्टाटस लेखेका थिए। त्यही पोस्टको आधारमा हेमन्तलाई स्वेदश तथा विदेशबाट आफन्त तथा शुभचिन्तकले कल र म्यासेज गरिरहेको बताएका छन्।

उनी काठमाडौंबाट पोखरा उडेको १ घण्टापछि विमान दु’र्घ’ट’ना भएको थियो।

उनले लेखेका छन्, ‘धन्न आयोजक प्रशान्त भाइले टिकट केहि पछिको गरिदिएनछन्। आज म काठमाडौँबाट पोखरा उडेको करिब १ घण्टा पछि काठमाडौंबाट पोखराको लागि उडेको जहाज़ नराम्ररी दु’र्घ’ट’ना ग्रस्त भएछ।

सँगै वेटिङमा रहनुहुने देखादेख भएकै कत्ति यात्रु पक्कै पर्नुभयौ। साह्रै दु:ख लाग्यो। सम्पूर्ण मृतकप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछु…।’

दु’र्घ’टना भएको यती एयरलाइन्सको एटीआर– ७२ विमानमा चालक दलका ४ जना सदस्य र ६८ जना यात्रुहरु सवार रहेका छन् । ३७ जना पुरुष, २५ जना महि’ला’ ३ जना बच्चा र ३ जना शिशु रहेका छन् ।

जसमा ५३ जना नेपाली, ५ जना भारतीय ४ जना रसियन, २ जना कोरियन, १ जना अर्जेटेनि, १ जना अस्ट्रेलियन, १ जना आइरिस र १ जना फ्रान्सेली नागरिक रहेका छन् ।

विमान अन्तिम पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टावरसँग १०:५० बजे सेती खोंच भन्ने स्थानमा सर्म्पकमा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार