एमाले नफुट्ने निश्चितः रातारात यसरी जुट्यो सहमति

काठमाडौं- नेकपा (एमाले) एकीकरणका लागि सक्रिय दोस्रो पुस्ताका नेताहरु सहमतिनजिक पुगेका छन्।

नेकपा एमालेलाई २०७५ जेठ २ कै अवस्थामा फर्काएर अघि बढ्ने विषयमा लगभग सहमति जुटेको वार्तामा सहभागी एक नेताले बताएका छन्।नेपालपक्षले सर्वोच्च अदालतको फैसलाअनुसार जेठ २ गतेको स्थितिमा पार्टी, जनसंगठन र पेसागत संगठनका सबै संरचनाहरुलाई केन्द्रदेखि स्थानीय तहसम्म क्रियाशील तुल्याउन माग गरेको थियो।

उक्त संरचनालाई क्रियाशील बनाएर त्यसपछि बस्ने संयुक्त बैठकले वर्तमान परिस्थितिअनुसार पार्टी केन्द्र र अन्य संरचनालाई अद्यावधिक गर्ने सहमति जुटेको हो। यससँगै नेपालपक्षले २०७७ साल फागुन २८ गतेपछि गरिएका निर्णय खारेज गर्ने दोस्रो बुँदाको माग सम्बोधन भएको छ।

यद्यपि, ओलीपक्षका एक नेताले भने धेरै कुरा सकारात्मक रहेको तर ठोस सहमति भइनसकेको बताए। वार्तामा वरिष्ठ नेता माधवकुमार नेपालपक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र गोकर्ण विष्टलगायत सहभागी थिए भने ओली पक्षका सुवास नेम्वाङ र विष्णु पौडेल रहेका थिए।

प्रधानमन्त्री ओलीले अन्य विषयमा सहमति जुट्दा नेपालपक्षले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने सर्त राखेका थिए। उक्त विषयमा पनि मध्यमार्गी बाटो खोज्ने सहमति भएको छ। ‘मुद्दामा कुरा मिलिसक्यो, त्यसमा पनि भाषा कसरी मिलाउने भन्ने बाँकी छ,’ वार्तामा सहभागी एक नेताले भने।

प्रधानमन्त्री ओलीले एकताका लागि आह्वान गरेपछि दुवै पक्षका नेताहरुबीचको यो तेस्रो बैठक हो।यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !