काठमाडौँ ।
हवाई उडानका लागि नेपाली आकाश सुरक्षित छैन भन्ने आरोप फेरि एक पटक पुष्टि हुन पुगेको छ । आइतबार बिहान १०ः ३० बजे काठमाडौंदेखि पोखराका लागि ६८ यात्रु बोकेर उडेको यती एयरलाइन्सको ९एन–एएनसी विमान गन्तव्यमा नपुग्दै दु’र्घ’ट’नामा परेको छ ।
विमानमा ४ जना चालक दलका सदस्य र ६८ जना यात्रु सवार थिए । दु’र्घ’ट’नामा भएको मानवीय क्षतिकोे यकिन विवरण आइसकेको छैन ।
यदि विमानमा सवार ७२ जनाकै मृ’त्यु’ भएमा यो नै आन्तरिक उडानतर्फ हालसम्मकै ठूलो दु’र्घ’ट’ना हुनेछ ।
यसअघि १४ मार्च २०१८ मा बंगलादेशबाट नेपाल आएको युएस–बङ्गला एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दु’र्घ’ट’ना’ग्रस्त हुँदा ५१ जनाको मृ-त्यु भएको थियो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सन् १९६० यता मात्र नेपाली आकासमा झण्डै ६० वटा विमान दु’र्घ’ट’ना’मा परिसकेका छन् । जसमध्ये ३५ वटा विमान त सन् २००६ यतामात्र दु’र्घ’ट’ना’मा परेका छन् । जसमा ६१८ जना यात्रुले ज्यान गुमाएका छन् ।
सन् २००६ यताको दु’र्घ’टना
मे २०२२ – पोखराबाट जोमसोम उडेको तारा एयरको विमान दु’र्घ’ट’ना, २२ जनाको मृ’त्यु’
अप्रिल २०१९ – सोलुखुम्बु जिल्लाको लुक्ला विमानस्थलमा समिट एयरको विमान दु’र्घ’ट’ना, ३ जनाको मृ’त्यु’ (धावनमार्गको छेउमा रहेका दुईवटा हेलिकप्टरमा गएर ठोक्किँदा)
फेब्रुअरी २०१९ – ताप्लेजुङको पाथीभरा नजिक एयर डाइनेस्टीको हेलिकप्टर दु’र्घ’ट’ना’, तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृ-त्यु (खराब मौसमका कारण)
सेप्टेम्बर २०१८ – गोरखाबाट काठमाडौं आउँदै गरेको अल्टिट्यूड एयरको हेलिकप्टर धादिङ र नुवाकोटको सीमामा दु’र्घ’ट’ना, एक जापानीसहित ६ जनाको मृ-त्यु’
मार्च २०१८ – बङ्गलादेशबाट नेपाल आएको युएस–बङ्गला एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दु’र्घ’ट’ना’ग्रस्त, ५१ जनाको मृ’त्यु’
फेब्रुअरी २०१६ – पोखराबाट जोमसोम उडेको तारा एअरको विमान दु’र्घ’ट’ना’ग्रस्त, २३ जनाको मृ’त्यु’
मे २०१५ – भूकम्पपछिको राहत तथा उद्धार कार्यमा खटिएको अमेरिकी सेनाको हेलिकप्टर चरिकोटनजिकै दु’र्घ’ट’ना’ग्रस्त, ६ अमेरिकी सैनिक, दुई नेपाली सेनाका अधिकारी र ५ जना सर्वसाधारण गरी १३ जनाको मृ’त्यु’
जून २०१५ – सिन्धुपाल्चोकमा भूकम्पको राहत तथा उद्धारमा गएको डक्टर्स विदाउट बोर्डर्सले चार्टर गरेको हे’लि’कप्ट’र दु’र्घ’ट’ना, ४ जनाको मृ’त्यु’
मार्च २०१५ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुस्सुका कारण टर्किस एयरको विमान धावन मार्गबाट चिप्लियो, ४ दिन विमानस्थल बन्द
फेब्रुअरी २०१४ – पोखराबाट जुम्ला उडेको नेपाल वायुसेवा निगमको विमान अर्घाखाँचीमा दु’र्घ”टना’, १८ जनाको मृ’त्यु’
सेप्टेम्बर २०१२ – काठमाडौंबाट लुक्ला उडेको सीता एअरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनजिकै दु’र्घ’ट’ना’, १९ जनाको मृ’त्यु’
मे २०१२ – भारतीय तीर्थयात्री बोकेर पोखराबाट जोमसोम उडेको अग्नि एयरको विमान जोमसोम विमानस्थलनजिकै दु’र्घ’ट’ना,’ १९ जनाको मृ’त्यु’
सेप्टेम्बर २०११ – हिमालको दृश्यावलोकनक अर्थात् माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एअरको एउटा विमान काठमाडौं नजिकै कोत डाँडामा दु’र्घ’ट’ना’ग्रस्त’, नेपाली, भारतीय, र अन्य देशका नागरिकसहित १४ जनाको मृ’त्यु’
डिसेम्बर २०१० – लामीडाँडाबाट काठमाडौं उडेको विमान ओखलढुङ्गामा दु’र्घ’ट’ना’, २२ जनाको मृ’त्यु’
अगस्ट २०१० – काठमाडौंबाट लुक्लातर्फ उडेको विमान ‘दु’र्घ’ट’ना, १४ जनाको मृ’त्यु’
अक्टोबर २००८ – लुक्ला विमानस्थलमा अवतरण गर्दै गरेको विमान दु’र्घ’ट’ना, १८ जनाको मृ’त्यु’, एक घाइते
सेप्टेम्बर २००६ – सङ्खुवासभाको घुन्सामा श्री एयरको हेलिकप्टर दु’र्घ’ट’ना’, २४ जनाको मृ’त्यु’, (तत्कालीन वन तथा भूसंरक्षण राज्यमन्त्री गोपाल राई, संरक्षणविद् डा. हर्क गुरुङ, डा. सीबी गुरुङ, तीर्थमान मास्के लगायतको मृ’त्यु भएको)
सन् २०११ देखि हालसम्म दुर्घटनमा परेका विमानहरु
१४ मल्टिइञ्जिन विमान
१२ हेलिकप्टर
४ सिङ्गल इन्जिन विमान
३ मनोरञ्जन प्रयोजनका हलुका विमान
२ विदेशी विमान