गायिका छन्त्यालको शो’कमा सोमबार देशभरका दोहोरी साँझ बन्द हुने

काठमाडौँ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले सोमबार देशभरका दोहोरी साँझ बन्द गर्ने निर्णय गरेको छ । आइतबार यती एयरलाइन्सको विमान दु’र्घटनामा नि’धन भएकी लोक गायिका नीरा छन्त्यालको शो’कमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले यो निर्णय गरेको हो ।

प्रतिष्ठानका अध्यक्ष रमेश बिजीको अध्यक्षमा आइतबार बसेको आकस्मिक बैठकले सोमबार सबै कार्यक्रम रद्द गर्नेदेखि देशैभरका दोहोरी साँझ पनि बन्द गर्नेसम्म गरेको प्रतिष्ठानले बिज्ञप्ती मार्फत जानकारी गराएको छ ।

प्रतिष्ठानले गायिका छन्त्यालको निधनमा केन्द्र, प्रदेश र सबै शाखामा शो’क मनाउने निर्णय गर्दै २२ वर्षीया गायिका छन्त्यालको निधनले प्रतिष्ठानलाई अपूरणीय क्षति पुगेको समेत बताएको छ ।

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार