पोखरा
विमान दुर्घटना हुँदैगर्दा जहाज भित्रबाटै भारतीय नागरिक सोनु जैसवालले फेसबुकमा लाइभ गर्दै गरेको भिडियो यतिबेला बाहिरिएको छ । तर हिजोकै जहाज दुर्घटना को हो या होईन अधिकारिक पुस्टि भने आएको छईन ।
जहाज दुर्घटना हुँदैगर्दा जहाज भित्रबाटै भारतीय नागरिक सोनु जैसवालले लाइभ गर्दै गरेको देख्दा भने तेती बेलाकै हो भन्ने आकलन गर्न सकिन्छ ।
साथै पोखरामा आइतबार बिहान भएको यति एयरको विमान दुर्घटनामा मृत्यु भएका ६९ जनाको शव भेटिएको छ । शव भेटिएकामध्ये हालसम्म ३५ जनाको सनाखत भएको छ । ३ जनाको शव अझै भेटिएको छैन ।
सेती नदीको खोँचमा विमान दुर्घटना भएकाले शव खोज्न कठिन भइरहेको नेपाली सेनाले जनाएको छ । हिजो बिहान काठमाडौंबाट पोखराको लागि उडेको यति एयरको विमान पोखरामा अवतरण गर्नुभन्दा केही मिनेट अगाडि सेती खोचमा दुर्घटनामा परेको थियो ।
उक्त विमानमा चालकदलका चार सदस्यसहित ७२ जना सवार थिए । विमानमा १५ जना विदेशी नागरिक रहेको नागरिक उड्डयन कार्यालयले जनाएको छ । विमान वरिष्ठ क्याप्टेन कमल केसी र पाइलट अञ्जु खतिवडाले उडाएका थिए ।
विमानमा सवार कुनैपनि यात्रु जिवितै भेटिने सम्भावना न्यून देखिएको छ । ६९ जनाको शव भेटिएको भएतापनि बेपत्ता भएको तीनजनाको आज बिहानदेखि खोजी कार्य जारी राखिएको नेपाली सेनाको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।